३ पुष २०८२, बिहीबार
,
Latest
अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोसँग डेट गर्न चाहन्छिन् ‘शैतान’की जानकी ?



अ+ अ-

एजेन्सी । यतिबेला बलिउड फिल्म ‘शैतान’को चर्चा जताततै भइरहेको छ । अभिनेता अजय देवगन र आर माधवन अभिनीत एक अलौकिक थ्रिलरको रूपमा, यो चलचित्रले सबैलाई धेरै मनोरञ्जन दिएको छ ।

अजय, माधवन र ज्योतिका बाहेक शैतानमा आफ्नो अदभूत अभिनयले फ्यानहरूलाई प्रभावित पार्ने अभिनेत्री जानकी बोधिवालालाई कसले भुल्न सक्छ ?

जानकी शैतानबाटै हिन्दी सिनेमामा प्रवेश गरेकी हुन् । यसअघि उनी गुजराती फिल्म उद्योगमा सक्रिय थिइन् । यसैबीच, उनले आफ्नो चाहनाका धेरै गोप्य खुलासा गरेकी छिन् र उनी बताउँछिन् कोसँग डेटमा जान चाहन्छिन् ।

फिल्म शैतानको सफलतापछि जानकी बोधिवालाको नाम यतिबेला निकै चर्चामा छ । फिल्ममा उनले जसरी अभिनय गरेकी छन्, त्यसको प्रशंसा गर्न सकिँदैन । हालै जानकीले जुमसँगको अन्तर्वार्तामा खुलेर बोलिन् ।

यस क्रममा उनलाई कुन अभिनेतासँग डिनर डेटमा जान मन छ भनेर सोधियो । यही प्रश्नको जवाफ दिँदै २८ वर्षीया जानकी बोधिवालाले द आर्चिज फेम कलाकार वेदांग रैनाको नाम लिएकी छिन् । उनले भनिन् – उनको व्यक्तित्व र प्रतिभा निकै उत्कृष्ट छ । यदि मैले मौका पाएँ भने, म भविष्यमा उनीसँग डेटमा जान चाहन्छु ।’ यसरी जानकीले आफ्नो मनको कुरा व्यक्त गरेकी छिन् ।

अजय देवगन र आर माधवनसँग शैतानमा काम गरेपछि, बलिउड अभिनेत्री जानकी बोधिवाला अन्य कोसँग स्क्रिन सेयर गर्न चाहन्छिन् ? यसमा उनले भनेबी छन्– ‘रणवीर सिंह र रणवीर कपूर दुई सुपरस्टार हुन् जससँग काम गर्ने मेरो ठूलो इच्छा छ । म चाहन्छु कि जब पनि मलाई मौका मिल्छ, म पक्कै पनि उहाँहरूसँग काम गर्छु ।’