२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सारलाई एकीकृत व्यापार एवं उद्योग प्रवद्र्धन केन्द्रका रुपमा विकास गर्नुपर्छ: स्वर्णिम वाग्ले



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले भन्सारलाई एकीकृत व्यापार एवं उद्योग प्रवद्र्धन केन्द्रका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा भन्सार विधेयकमाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्सारलाई राजश्व संकलन केन्द्रका रुपमा मात्रै लिनु नहुने बताउनु भयो । उहाँले नेपालमा भन्सार बद्नाम शब्दका रुपमा चिनिएको बताउनु भयो । उहाँले भन्सार मालदार अड्डा, पैसा कमाउने थलो, सेटिङ चुहावट, तस्करी, कर छली, अवैध व्यापारको पर्याय बनेको बताउनु भयो । उहाँले भन्सार एजेण्टहरको लाइसेन्स पनि उचित नियमन हुन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा भन्सार एउटा बद्नाम शब्द बनेको छ । यो मालदार अड्डाका रुपमा चिनिन्छ, पैसा कमाउने थलो, सेटिङ चुहावट, तस्करी, कर छली, अवैध व्यापारका लागि पर्याय नै बनेको छ । भन्सार एजेण्टहरको लाइसेन्स पनि उचित नियमन नहुने, बिक्री हुने, भाडामा इत्यादि । भारतीय विचौलियाहरु आएर विचौलियाहरुको बिगबिगी भन्ने जुन छ, त्यो सुधार आवश्यक छ । उद्यमी व्यवसायी हैरानी हुने, उपभोक्ताहरु सास्तीमा पर्ने कुराहरुलाई मिलाउने गरेर नै हामी अघि जानुपर्छ । डिजिटलाइजेशनको भरपुर उपयोग गरेर हामीले भन्सार नाकाहरुलाई आइल्याण्ड अफ एक्सिलेन्सकै रुपमा अघि जानुपर्ने हुन्छ । भन्सारलाई राजश्व संकलन केन्द्रका रुपमा लिइरहेको छ, त्योबाट सिफ्ट आवश्यक छ । एकीकृत व्यापार एवं उद्योग प्रवद्र्धन गर्ने एकोसिस्टमकै अंग बनाउने गरी हाम्रो सोच परिवर्तन आवश्यक छ ।’

उहाँले भन्सारमा डिजिटलाइजेशनको भरपुर उपयोग गर्न आवश्यक रहेको बताउनु भयो ।




भर्खरै