३ पुष २०८२, बिहीबार
,
Latest
एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता नेपाल–कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा व्यवसायीलाई उच्च मनोबलका साथ लगानी बढाउन गभर्नर पौडेलको आग्रह सबै राजनीतिक दल निर्वाचनमा होमिसके, जनता भोट हाल्न आतुर छन्ः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमाद वासिमले बनाए विश्व कीर्तिमान



अ+ अ-

एजेन्सी । इस्लामाबाद युनाइटेडका अनुभवी अलराउन्डर इमाद वासिमले सोमबार पाकिस्तान सुपर लिगको फाइनलमा इतिहास रचेका छन् । पाकिस्तान सुपर लिग २०२४ को फाइनल खेल इस्लामाबाद युनाइटेड र मुल्तान सुल्तान्सबीच कराँचीको नेशनल स्टेडियममा भएको थियो ।

मुल्तान सुल्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपनि बायाँ हाते स्पिनर इमाद वासिमले चाँडै नै सो निर्णय गलत साबित गरे । इनिङ्सको दोस्रो ओभरमा वासिमले यासिर खान र डेभिड विलीलाई आफ्नो शिकार बनाए ।

यसपछि उनले खुशदिल शाह, क्रिस जोर्डन र अब्बास अफ्रिदीलाई आउट गर्दै आफ्नो पाँच विकेट पूरा गरे ।

इमाद वासिम पाकिस्तान सुपर लिगको फाइनलमा एक इनिङमा ५ विकेट लिने पहिलो क्रिकेटर बनेका छन् । पाकिस्तान सुपर लिगको ९ औं संस्करण सकिएको छ र इमाद बाहेक अन्य कुनै बलरले यो उपलब्धि हासिल गर्न सकेका छैनन् । इमाद वासिमअघि पीएसएल फाइनलमा उत्कृष्ट बलिङ गर्ने कीर्तिमान शाहीन अफ्रिदीको नाममा थियो ।

शाहिन अफ्रिदीले २०२३ को पीएसएल फाइनलमा मुल्तान सुल्तान्सविरुद्ध ५१ रन दिएर चार विकेट लिएका थिए । यी दुई बलरबाहेक फाइनलमा कुनै पनि बलरले क्रमशः पाँच वा चार विकेट लिन सकेनन् ।

इस्लामाबाद युनाइटेड च्याम्पियन बन्यो
पाकिस्तान सुपर लिग २०२४ को फाइनलमा सोमबार अन्तिम बलमा मुल्तान सुल्तान्सलाई दुई विकेटले पराजित गर्दै इस्लामाबाद युनाइटेडले तेस्रोपटक उपाधि जितेको छ । पहिले ब्याटिङ गरेको मुल्तान सुल्तान्सले २० ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाएको थियो । जवाफमा युनाइटेडले ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । खेलको प्लेयर अफ द म्याच इमाद वासिम चुनिए ।