• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

बागलुङ बस दुर्घटनामा पत्रकार परियारको निधन



काठमाडौँ । बागलुङको निसीखोला गाउँपालिकामा भएको बस दुर्घटनामा परेर रुकुमका पत्रकार विक्रम परियारको निधन भएको छ।

रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बागलुङको सोमबार दुर्घटना हुँदा अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकार परियारसहित ९ जनाको मृत्यु भएको हो ।

परियार नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पूर्वका सहसचिव र प्रेस सेन्टरको उपाध्यक्षसमेत थिए । परियार राष्ट्रिय दलित पत्रकार संघको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन काठमाडौं जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।