१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब कोहलीले भिडियो कल गरेर मन्धानालाई बधाई दिए



अ+ अ-

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) फ्रेन्चाइजीले आइतबार पहिलो लिग उपाधि जितेर इतिहास रच्यो । सन् २००८ मा लिग क्रिकेट खेल्न थालेको आरसीबीले १६ वर्षपछि महिला टोलीसँग सफलता हात पारेको हो ।

वुमन्स प्रिमियर लिग (डब्लुपीएल) को फाइनलमा दिल्ली क्यापिटल्स (डीसी)लाई पराजित गर्दै आरसीबीले उपाधि जितेको हो ।

पुरुष टिमका पूर्व कप्तान विराट कोहलीले आरसीबीको जितमा महिला टिमकी कप्तान स्मृति मन्धानालाई बधाई दिएका छन् । फाइनल सकिएपछि उनले भिडियो कल गरेर मन्धनासहित सम्पूर्ण टिमलाई बधाई दिए ।

खेल सकिएपछि पत्रकार सम्मेलनमा मन्धनाले भनिन्, ‘भिडियो कलमा मैले विराटको शब्द राम्ररी सुन्न सकिनँ । रंगशालामा धेरै कोलाहल थियो तर उनको अनुहारमा खुशी थियो । यो देखेर मलाई राम्रो लाग्यो । पछिल्लो सिजन खराब भएपछि उनले सम्पूर्ण टोलीसँग कुरा गरे र हामीलाई विश्वास दिलाए । म बैंगलोर पुगेपछि पक्कै पनि उहाँसँग कुरा गर्नेछु ।’