६ आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ? चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्कदै प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी यस्तो छ रास्वपा कार्यालय परिसर- फोटो फिचर डा.श्रीधर खनालको एआई र रोबोटिक्स उपन्यास ‘सावर्णि’ बजारमा पूर्वडीआईजी जोशीलाई पोखरा पुर्याइयो रवि निगरानीमा, प्रतिवेदन अध्ययन हुँदैछः प्रहरी यता रविलाई पक्राउका लागि प्रहरी परिचालन, उता स्वर्णिमसहित रास्वपाका १४ नेता चीनमा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरसीबीले जित्यो वुमन्स प्रिमियर लिगको उपाधि



अ+ अ-

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले वुमन्स प्रिमियर लिगमा पहिलो पटक उपाधि जितेको छ । आइतबार भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्दै आरसीबी च्याम्पियन बनेको हो ।

यो लिगमा दिल्लीमाथि बैंगलोरको पहिलो जित समेत हो । दुवैले अहिलेसम्म ५ खेल खेलेका छन् जसमध्ये ४ खेल दिल्लीको नाममा छन् ।

नयाँ दिल्लीको अरुण जेटली स्टेडियममा टस जितेर ब्याटिङमा आएको दिल्ली क्यापिटल्स १८.३ ओभरमा ११३ रनमा अलआउट भयो । जवाफमा बैंगलोरले १९.३ ओभरमा २ विकेटले लक्ष्य भेट्टायो ।

आरसीबीका एलिस पेरीले अविजित ३५ र ऋचा घोषले १७ रनको योगदान दिएकी थिइन् । सोफी डिभिनले ३२ र कप्तान स्मृति मन्धानाले ३१ रन जोडिन् ।

यसअघि दिल्लीका लागि ओपनर शेफाली वर्माले २७ बलमा ४४ रनको इनिङ खेलिन् भने कप्तान मेग ल्यानिङले २३ रनको योगदान दिएकी थिइन् । श्रेयंका पाटिलले ४ विकेट लिइन् भने सोफी मोलिनक्सले एक ओभरमा ३ विकेट लिइन् । उनी खेलको प्लेयर अफ द म्याच घोषित भइन् ।

११४ रनको सहज लक्ष्य बैंगलोरका ब्याटर्सले निकै संयमित ढंगले पछ्याएका थिए । कप्तान स्मृति मन्धाना र सोफी डिभिनको ओपनिङ जोडीले टोलीको जितको जग बसाल्यो ।

दुबैले ४९ बलमा ४९ रनको ओपनिङ पार्टनरसिप गरे । त्यसपछि एलिस पेरी (नटआउट ३५)सँगै टोलीको स्कोर ८२ रनमा पुर्याइन् ।

यहाँ, स्मृति आउट भएपछि, पेरीले कमान्ड लिइन् र ऋचा घोष (नटआउट १७) सँगसँगै टोलीलाई लक्ष्यमा पुर्याइन् । दिल्लीका शिखा पाण्डे र मिन्नु मणिले एक–एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ रोजेपछि दिल्लीले शेफाली वर्मा र कप्तान मेग ल्यानिङको साथमा राम्रो सुरुवात गरेको थियो । दुबैले ४३ बलमा ६४ रनको ओपनिङ पार्टनरसिप गरे । यहाँबाट टोलीले ठूलो स्कोर बनाउने देखिन्थ्यो तर ओपनर शेफाली वर्मा आउट हुनेबित्तिकै विकेट झर्ने प्रक्रिया सुरु भयो ।

टोलीले ५५ रनमा थप ९ विकेट गुमाएको थियो । कप्तान मेग ल्यानिङले इनिङ्सलाई सम्हाल्ने असफल प्रयास गरिन् । टोलीका बाँकी ब्याटर्सले खास केही गर्न सकेनन् ।

बैंगलोरका लागि श्रेयंका पाटिलले ४ विकेट लिइन् भने सोफी मोलिनक्सले ३ विकेट लिइन् । यस्तै आशा शोभनाले दुई विकेट लिइन् ।