२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलमाथि रोमाञ्चक जित निकाल्दै म्यान्चेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । म्यान्चेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा लिभरपुलविरुद्ध ४–३ गोलको रोमाञ्चक जित निकाल्दै युनाइटेडले अन्तिम चारमा स्थान बनाएको हो ।

घरेलु मैदान वल्र्ड ट्राफोर्डमा खेलको १० औं मिनेटमा स्कट म्याकटोमीनेले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा म्याक एलिस्टरले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, पहिलो हाफको इन्जुरी समयमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २–१ गोलले अघि बढाए । ८७ औं मिनेटमा एन्टोनीले गोल गरेपछि युनाइटेड २–२ को बराबरीमा आयो । त्यसपछि निर्धारित ९० मिनेटसम्म २–२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो ।

१०५ औं मिनेटमा हार्भी इलिओटले गोल गर्दै लिभरपुललाई ३–२ ले अघि बढाए । तर, ११२ औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई ३–३ गोलको बराबरीमा ल्याए ।

यता, अन्तिम समयमा अर्थात् १२०+१ औं मिनेटमा अमद डियालोले गोल गर्दै युनाइटेडलाई रोमाञ्चक जित दिलाए । अब युनाइटेडले सेमिफाइनलमा कोभन्ट्रीसँग प्रतिस्पर्धा गर्नेछ ।