१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीमा आप्रवासी डुङ्गा डुब्दा २१ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । टर्कीको एजियन तटमा शुक्रवार डुङ्गा डुब्दा कम्तीमा २१ गैरकानूनी आप्रवासीको मृत्यु भएको छ । उक्त घटना उत्तरपश्चिमी प्रान्त क्यानाक्कलेको इसेबात जिल्लाको तटमा भएको थियो ।

कानाक्कलेका गभर्नर इल्हामी अक्तासलाई उद्धृत गर्दै टीआरटीले घटनास्थलमा दुई हेलिकप्टर र दस कोस्ट गार्डको उद्धार डुङ्गाको सहयोगमा खोजी र उद्धार कार्य जारी रहेको बताएको छ ।

डुङ्गामा सवार व्यक्तिहरूको सही संख्या, उनीहरूको उद्देश्य गन्तव्य र घटनाका कारण बेपत्ताहरूको संख्या अस्पष्ट रहेको बतइएको छ ।