• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा ★   सदरमुकाममा नै छैन पक्की पुल ★   कबड्डी टोली बंगलादेश प्रस्थान ★   दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

एमालेको लक्ष्य मिसन ८४ : अध्यक्ष ओली



महेन्द्रनगर (कञ्चनपुर) । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने लक्ष्य ‘मिसन ८४’ को रहेको बताउनुभएको छ ।

एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनलाई बिहीबार महेन्द्रनगरमा सम्बोधन गर्नुहुँदै उहाँले निर्वाचन र यसको परिणामले कस्को शक्ति कस्तो छ भन्ने कुरा स्पष्ट पार्ने बताउनुभयो । “ हामी नेपालको राष्ट्रिय शक्तिलाई निर्णायक रुपमा सुदृढ र बलियो बनाउन चाहन्छौँ”, अध्यक्ष ओलीले भन्नुभयो, “यसको मापन निर्वाचन परिणामबाट हुन्छ यसै कारण हामीले मिसन ८४ भनेका छौँ ।”

उहाँले वर्तमान संयुक्त सरकारले लिएको नीतिले मुलुकमा समृद्धि हासिल हुने बताउनुभयो । उहाँले भन्नुभयो, “मेची–महाकालीबाट गएका मिटरब्याज पीडितसित सरकारले सहमति गरेको छ, र समस्या समाधानको सुरुआत सरकारले गरेको छ ।” रासस