१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी

कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति

कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति
अ अ+ अ-

गलकोट । कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका लागि पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डको ४४ किलोमिटर सडकमा भौतिक प्रगति ५० प्रतिशत पुगेको छ ।

उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डको ४४ किलोमिटरमा कालोपत्रको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ भने मालढुङ्गा–बलेवाखण्डको १० किमी सडकमा पूर्वाधारको कामले तीव्रता पाएको हो ।

बागलुङ खण्डको ५४ किमी सडकमा कालोपत्रका लागि आवश्यक पूर्वाधार जस्तै सडक चौडा पार्ने, मेसिनरी पर्खाल, कल्र्भट र ग्याबिन जालीलगायतका पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेका छन् भने बेस बिच्छ्याउने कार्यले तीव्रता पाएको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी अरुण खत्रीले बताउनुभयो ।

दुई खण्डमध्ये बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत भौतिक प्रगति र ३६ प्रतिशत वित्तीय प्रगति भएको खत्रीको भनाइ छ । “भुक्तानी दिनसकेमा चालु आर्थिक वर्षमै बलेवा–हर्मिचौर खण्ड कालोपत्र भइसक्ने थियो, प्रगतिअनुसार रकम भुक्तानी गर्न नसक्दा कालोपत्रमा ढिलाइ भएको छ, तर निर्माण कामले तीव्रता पाएको छ, प्रगतिको १४ प्रतिशत रकम भुक्तानी गर्न सकेका छैनौँ”, खत्रीले भन्नुभयो, “आर्थिक वर्ष २०८२/८३ मा सक्नुपर्ने ठेक्का हो, यही प्रगति भएमा आगामी आर्थिक वर्षमा कालोपत्र सकिन्छ ।”

सुरुबाटै बलेवा–हर्मिचौर खण्डमा तीव्रगतिमा काम भए पनि बलेवा–मालढुङ्गा खण्डको १० किमी सडकमा काम सुस्त थियो । पछिल्लो समय कामले गति दिन थालेको जैमिनीका नगर उपप्रमुख हरिहर शर्माले बताउनुभयो । निर्माण व्यवसायीलाई आर्थिक दायित्व भुक्तानी गर्न नसक्दा निर्माण व्यवसायीले भनेजस्तोे काममा तीव्रता पाउन नसकेको उहाँको भनाइ छ ।

बलेवादेखि हर्मिचौर खण्डमा मात्रै सयौँको सङ्ख्यामा मजदुर र स्काभेटरलगायतका आधुनिक औजार प्रयोगले सडक निर्माणले परिणाम लिएको शर्माको भनाइ छ । करिडोरले जैमिनीसहित सिङ्गो बागलुङलाई फाइदा पुग्ने शर्माले जानकारी दिनुभयो । विभिन्न ठाउँमा पर्खाल लगाउने, नाली बनाउने, सडक चौडा बनाउने कार्य अन्तिम चरणमा पुगेको छ ।

मालढुङ्गा–बलेवा खण्डको कामको जिम्मेवारी खड्का–कृष्ण बिएन जेभीले लिएको छ । १० किमी दूरी रहेको यो खण्डका लागि रु ५५ करोडमा निर्माण कम्पनीले ठेक्का लिएको हो । सम्झौताअनुसार दुई वर्षमा मालढुङ्गा–बलेवा खण्ड कालोपत्र गरिसक्नु पर्नेछ ।

यस्तै बलेवा विमानस्थलबाट हर्मिचौरसम्मको सडकखण्ड कालोपत्रका लागि कालिका कन्स्ट्रक्सनले जिम्मेवारी लिएको छ । रु तीन अर्ब ३० करोड लागतमा तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको छ ।

करिडोरमा विभिन्न स्थानमा गरी एक सय ४८ घाट छन् । कालीगण्डकीमा मात्र पाइने शालग्राम दर्शनका लागिसमेत धार्मिक पर्यटक आउनसक्ने सम्भावना उत्तिकै छ । कालीगण्डकी करिडोर ९गैँडाकोट–राम्दी–मालढुङ्गा० सडक आयोजना कार्यालय पाल्पाले बागलुङको मालढुङ्गाबाट गुल्मीको हर्मिचौरसम्मको ५४ किमी सडक एकैपटक कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको छ ।

करिडोर नेपालको आर्थिक, सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ । करिडोर कूल चार सय ३५ किमी लम्बाइ रहेको छ । कालीगण्डकी करिडोरअन्तर्गत कालोपत्र हुन लागेका दुई खण्ड हुँदै गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानबाट बुटवल, बागलुङ, पोखरासम्म नियमित यातायात सञ्चालन गर्न सहज हुनेछ ।

करिडोर निर्माणपछि छिमेकी राष्ट्र चीन र भारतबीचमा आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । नेपालको उत्तरी सीमा चीनको कोरला र दक्षिणी सीमा भारतको सुनौली जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कालीगण्डकी करिडोरलाई लिइएको छ । रासस