१ चैत्र २०८१, शुक्रबार
March 14, 2025 Friday
Latest
आधारभूत तह उत्तीर्ण परीक्षा समितिको बैठक सार्क राष्ट्रका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउन तयारीका लागि समिति गठन परोपकार प्रसूति अस्पतालको अध्यक्षमा डा पाण्डे नियुक्त पशुपति क्षेत्रको ऐतिहासिक अग्निहोतृशाला वैशाखदेखि सञ्चालन हुने पूर्वविशिष्टलाई आजीवन सुविधा दिन लागेको भन्दै अनर्गल प्रचार गरियोः उपप्रधानमन्त्री सिंह रुखले च्यापिएर दैलेखमा दुई जनाको मृत्यु पारा एथलेटिक्स टोली स्वदेश फर्कियो मलङ्गवामा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिंँदै कार्नी
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण



अ+ अ-

ढोरपाटन । पहाडैपहाडले घेरिएको बागलुङको बरेङ गाउँपालिकाले किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण गरेको छ ।

विसं २०७४ देखि चक्रपथ निर्माण थालेको गाउँपालिकाले वडा नं ५ देखि भित्रीवन, साग्दी सत्यवती, डाँडाकटेरी, झुले, हुँदै सल्यान जोडेको छ । ग्रामीण चक्रपथले दर्जनौँ गाउँबस्ती जोडिएपछि स्थानीय कृषक हर्षित भएका छन् ।

चक्रपथ मात्रै नभएर गाउँपालिकाले सबै बस्तीसम्म मोटरबाटो पुर्‍याएको छ । चक्रपथले विकट बस्तीसम्म जोडिएपछि अब यात्रा मात्रै नभएर स्थानीय उत्पादन बजार पुर्‍याउन सहज हुने भएको छ । गाउँपालिकाले रु सात करोडको लगानीमा उक्त चक्रपथ निर्माण गरेको हो । चक्रपथको विभिन्न खण्डमा स्तरोन्नतिसमेत गर्न थालेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । हरेक नागरिकलाई सडकको पहुँमा ल्याउन र किसानले उत्पादन गरेका वस्तुलाई बजारीकरणमा टेवा पुर्‍याउन गाउँपालिकाले चक्रपथ निर्माण गरेको उहाँको भनाइ छ ।

चक्रपथले धेरै गाउँ जोडेको हुँदा कुनै पनि नागरिक सडकको पहुँचभन्दा बाहिर नरहेको अध्यक्ष शर्मा बताउनुहुन्छ । ग्रामीण क्षेत्रमा चक्रपथ निर्माण चुनौतीपूर्ण भए पनि आफूहरुले ठूलै लगानी गरेर सम्पन्न गरेको उहाँको भनाइ छ । अब चक्रपथको स्तरोन्नति गरिने उहाँले बताउनुभयो ।

“लामो समय मेहनत गरेर चक्रपथ निर्माण गरिएको छ, यसले पालिकाभित्रका धेरै गाउँबस्तीलाई जोड्ने हुँदा हजारौँ नागरिक लाभान्वित हुने छन्, यसबाट किसानले बढी लाभ लिने छन्”, अध्यक्ष शर्माले भन्नुभयो, “यो सडक गाउँपालिकाको गौरवको आयोजना हो । हरेक वर्ष हाम्रो प्राथमिकतामा पर्छ, सडक खुलेपछि कृषि उपज बजारीकरण गर्न सहज भएको छ ।”

स्थानीय किसान मीनबहादुर पुनले चक्रपथले गाउँ जोडिएपछि बजार आउजाउ गर्न सहज भएको बताउनुभयो । यसअघि पालिकाको केन्द्र पुग्न दुई घण्टाभन्दा बढी समय लाग्ने गरेकामा अहिले ४५ मिनेटमै पुग्न सकिने उहाँले बताउनुभयो । गाउँपालिकाले चक्रपथ निर्माण गरेपछि तरकारी र फलफूल बजार पुर्‍याउन सजिलो भएको छ । “पहिला डोकोमा बोकेर सडक भएको ठाउँसम्म पुर्‍याउनुपथ्र्यो, अहिले बारीबाटै गाडीमा राखेर बजार पुर्‍याउन सकिन्छ”, पुनले भन्नुभयो । रासस