५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन

ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षमा निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।

शुक्रवार प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टीले ओलीलाई नै निरन्तरता दिने निष्कर्षमा पुगेको बताउनुभएको हो । उहाँले मुलुकमा राष्ट्रिय स्वाधिनता, लोकतन्त्रको रक्षा र प्रतिक्रान्तिलाई परास्त गर्न पनि ओली नेतृत्वको विकल्प नभएको निष्कर्षमा पार्टी केन्द्रिय समिति पुगेको दाबी समेत गर्नुभयो ।

ओलीका नीति, विचार र उहाँले हाँसिल गर्नुभएको उपलब्धिले पनि उहाँलाई नेतृत्वमा निरन्तरता दिन आवश्यक देखिएको उपाध्यक्ष थापाको जिकिर थियो । उपाध्यक्ष थापाले आम जनता, पार्टी कार्यकर्ता र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न पनि एमालेले उहाँलाई नेतृत्वमा निरन्तरता दिन आवश्यक रहेको बताउनु भयो । उहाँले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति संकेत गर्दै अहिलेको अवस्थामा नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त नभएको समेत बताउनु भयो ।

उपाध्यक्ष थापाले भन्नुभयो,‘उहाँका योगदान, उहाँले लिएका नीतिहरु, अवलम्वन गर्नु भएको विचारहरु र उहाँले प्राप्त गर्नुभएको उपलब्धिहरुलाई हेर्दा अहिले पनि उहाँको आवश्यकता देशलाई छ । र पार्टीलाई छ । अझ अहिलेको विशिष्ट स्थितिमा ठोस स्थितिमा लोकतन्त्रको स्थापनाको निम्ति उहाँको झन बढी आवश्यकता छ । देशको राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ति झन उहाँको बढी आवश्यकता छ । त्यो हिसावकितावले वर्तमान नेतृत्वलाई नै निरन्तरता दिनुपर्छ भन्ने निष्कर्षमा केन्द्रिय समिति पुगेको हो । यो नेतृत्वको सवालमा हाम्रो विधान महाधिवेशनमा पनि गम्भिर रुपमा छलफल चल्यो । र भर्खरै बसेको केन्द्रिय समिति बैठकमा पनि लिडरसिपको सवालमा गम्भिर रुपमा बहस भएर उहाँको आवश्यकता अहिले पनि देशलाई छ । र उहाँको नेतृत्वमा मात्रै नेकपा एमाले अगाडि बढ्नसक्छ । र देशलाई समृद्धिको दिशातिर अगाडि बढाउन सक्छ भन्ने कुराको निष्कर्षमा पुगेर यो निर्णय भयो । त्यो कोणबाट पार्टीलाई एकतावद्ध गर्ने, पार्टीलाई सुदृढ गर्ने र यो प्रतिक्रान्तिलाई परास्त गर्नको निम्ति वर्तमान अध्यक्षको निरन्तरता आवश्यक छ भन्ने हो । त्यो हिसावकितावबाट यो कोणबाट अहिले जो नेतृत्व छ नेकपा एमालेको अध्यक्षलगायतको ।

अहिजेको ठोस परिस्थितिमा यो नेतृत्वलाई निरन्तरता दिनुपर्छ भन्ने हो अर्थमा । त्यसकारण पार्टीलाई एकतावद्ध गर्नको निम्ति पनि अहिलेको नेतृत्वलाई निरन्तरता दिनुपर्छ भन्ने यो हो । त्यसकारण यो महाधिवेशनको बारेमा पार्टी केन्द्रिय समितिको पनि यही निष्कर्ष हो । हुनत अहिले विभिन्न कमरेडहरुले सार्वजनिक रुपमा विभिन्न उम्मेदवारीहरु घोषणा गरिरहनुभएको छ । केन्द्रिय समितिको निर्णयको कोणबाट हेर्दा यो ढंग जानु एमाले नेताहरुका लागि उपयुक्त होइन । यसले पार्टीलाई एकतावद्ध गर्दैन । यसले अझ विघटन र विर्सजनतिर लैजान्छ । अहिलेको सन्दर्भमा प्रतिस्पर्धाको नामबाट यो ढंगले जान हामी उपयुक्त हुँदैन । त्यसकारण एकतावद्ध नेतृत्व सहमतीका साथ अघि बढाउने केन्द्रिय समितिको पनि निर्णय भएको र आम जनताको पनि, कार्यकर्ताको पनि यो चाहना भएको हुनाले यही ढंगले जानुपर्छ भन्ने हाम्रो ठहर छ ।’ 

उपाध्यक्ष थापाले पदाधिकारी संख्या र केन्द्रिय समितिको आकार बढाउन आवश्यक देखिएको उल्लेख गर्दै त्यसका लागि विधानमा संशोधन गरेर अघि बढ्न आवश्यक रहेको समेत बताउनु भयो ।