१९ चैत्र २०८१, मंगलवार
April 1, 2025 Tuesday
Latest
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न मन्त्रिपरिषद्का निर्णयः प्रदर्शनका क्रममा घाइते भएकाको निःशुल्क उपचार ‘जडीबुटी कम्पनी चाँडै बौरिने छ’ रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहिन प्रधानमन्त्री ओली थाइल्यान्डमा कीर्तिपुरस्थित क्रिकेट मैदानको निरीक्षण अब सहरी विकास मन्त्रालयबाट एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ‘कार्यान्वयनयोग्य बजेट ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित छ’ कुलमान र हितेन्द्र दुवैको रिट हेर्दाहेर्दैमा नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चापागाईं नियुक्त, यस्ता छन् मन्त्रीपरिषदका अन्य निर्णयहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेबीको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीमा अर्को लफडा !



अ+ अ-

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका सांसदहरुको लेबीको विषयलाई लिएर सामाजिक सञ्जालमा असन्तुष्टि जनाउनुभएको छ ।

अध्यक्ष श्रेष्ठले सांसदहरुले तिरेको लेबीको सदुपयोग हुन थालेपछि लेबी नै नतिर्ने निर्णय भन्दै सचिवालयमा पत्र पठाउनु जायज नभएको बताउनुभएको हो ।

त्यति मात्र नभएर उहाँले यसअघि आफ्नो खल्तीमा सांसदको लेबी आउन्जेल सही तर त्यही लेबी पार्टीको काममा सदुपयोग भएपछि नतिर्ने भन्दै सचिवालयमा पत्र पठाउने जायल होला र मान्यवर ? भन्दै प्रश्न गर्नुभएको छ ।

नागरिक उन्मुक्ति पार्टीमा अध्यक्ष श्रेष्ठ र संस्थापक रेशम चौधरीबीच विवाद छ । लेबीको कुरा पनि दुई नेताको विवादकै परिणामको अर्थका रुपमा लिइएको छ ।

अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमा के लेख्नुभएको छ त ?

आफनो खल्तीमा सांसदहरु को लेबी आउंजेल सही पार्टीकै कामको लागी अब लेबी को सही उपयोग हुन लागे पछि लेबी नातीर्ने निर्णय भन्दै
सचिवालयमा पत्र पठाऊनु जायज होला र मान्यवर !
जय नागरिक