२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

५९ औँ जन्मदिन मनाउदैछन् आमिर खान



अ+ अ-

एजेन्सी । बलिउडका मिष्टर परफेक्शनिस्ट आमिर खान आज आफ्नो ५९ औँ जन्मदिन मनाउदैछन् । ८ वर्षको उमेरबाट अभिनय सुरु गरेका उनले ३० वर्षको फिल्मी करियरमा ४८ फिल्म खेलेका छन् । जसमा धैरे फिल्म हिट रहेको छ ।

२०१६ मा आएको उनको फिल्म ‘दंगल’ अहिले पनि हिन्दी भाषामा सबैभन्दा धेरै कमाउने फिल्ममा पर्छ । भारतको शीर्ष दश फिल्ममा तीन फिल्म आमिरको नाममा छ । उनले थ्री इडियट्स, गजनी, लाल सिंह चड्ढालगायतका हिट फिल्महरू खेलेका छन् ।

आमिरले १९७३ मा आएको फिल्म ‘यादोकी बारा’ मा छोटो भूमिका निर्वाह गरेका थिए । १९८८ मा फिल्म ‘कयामत से कयामत तक’ बाट उनले फिल्ममा अभिनयताको रुपमा डेब्यु गरेका थिए । त्यो समयमा उक्त फिल्म सबैभन्दा हिट भयो र उनी रातारात स्टार भए ।

आमिर फिल्म निर्माता पनि हुन् । उनले २००१ मा फिल्म ‘लगान’ बाट निर्माणमा सुरु गरेका थिए । ‘तारे जमिन पर’, ‘दंगल’, सिक्रेट सुपरस्टार’, ‘पीपली लाइभ’, ‘जाने तु या जाने ना’, ‘धोबी घाट’ लगायत फिल्म उनले निर्माण गरेका हुन् ।

 




भर्खरै