७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारकाे ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु



symbolic picture
अ+ अ-

काठमाडौं । कुबेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा मंगलबार भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन नेपालीको दुर्घटनास्थलमै मृत्यु भएको हो ।

महाबुल्ला क्षेत्रमा विहानै सडक छेउमा रहेका नेपालीलाई हुँकिएर आएको कारले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको नेपाली दूतावासले जनाएको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा लयती अछामका सुरतबहादुर कठायत, काठमाडौंका सुजन कार्की र धनुषाका धिरज गुर्मछान मगर छन् । मृतकहरु कुवेतको एउटै कम्पनीमा कार्यरत थिए ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकहरुको शवलाई पोष्टमार्टमका लागि फरवानिया अस्पतालमा राखिएको स्थानीय प्रशासनले जनाएको छ ।