६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा



LONDON, ENGLAND – MARCH 09: Kai Havertz of Arsenal celebrates scoring his team’s second goal with teammates during the Premier League match between Arsenal FC and Brentford FC at Emirates Stadium on March 09, 2024 in London, England. (Photo by David Price/Arsenal FC via Getty Images)
अ+ अ-

काठमाडौं । आर्सनल ईंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई २-१ गोलले हरायो ।

घरेलु मैदान इमिरेट्समा खेलको १९ औं मिनेटमा डेक्लान राइसले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । योयाने वीसाले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै ब्रेन्टफोर्डलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा काइ हाभेट्र्जले गोल गर्दै आर्सनललाई महत्त्वपूर्ण जित दिलाए ।

यो नतिजापछि आर्सनल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । आर्सनलको २८ खेलबाट ६४ अंक छ । समान एक-एक खेल कम खेलेका लिभरपुल ६३ र म्यान्चेस्टर सिटि ६२ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् । आज राति यी दुई टोलि भिड्दैछन् ।

ब्रेन्टफोर्ड २६ अंकसहित १५ औं स्थानमा छ ।