४ पुष २०८२, शुक्रबार
,
Latest
बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालीका प्रधानमन्त्री ड्राघीद्वारा राहत योजना सार्वजनिक गर्ने तयारी



अ+ अ-

रोम । इटालीका प्रधानमन्त्री मारियो ड्रागीले कोरोनाभाइरसबाट प्रभावित इटालीको अर्थतन्त्रलाई जोगाउन विशेष राहत योजना बुधबार सार्वजनिक गर्ने तयारी गर्नु भएको छ । 

युरोपेली केन्द्रीय बैंक ९इसिबी०का पूर्व प्रमुख समेत रहनु भएका प्रधानमन्त्री ड्रागीले विश्वासको मत लिनुअघि सिनेटमा सम्बोधन गर्नुहुनेछ । 

इटालीका सबैजसो प्रमुख राजनीतिक दलहरुले ड्रागीलाई समर्थन जनाइसकेकाले विश्वासको मत प्राप्त गर्न उहाँलाई कठिन हुने छैन । 

इटालीले ७३ वर्षीय अर्थशास्त्री ड्रागीबाट निकै बढी आशा गरेको छ । 

ड्रागीले इटालीको ३०औं प्रधानमन्त्रीका रुपमा शनिबार सपथ लिनु भएको थियो । करिब एक महिनाको राजनीतिक खिचातानीपछि ड्रागी इटालीको प्रधानमन्त्रीमा चयन हुनु भएको थियो ।

इटालीमा कोरोनाभाइरसको महामारीबाट मृत्यु हुनेको संख्या झण्डै एक लाख पुगेको छ । बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा देखिएको नयाँ स्वरुपको कोरोनाभाइरसका कारण इटालीमाथि पनि चुनौती थपिएको छ । 

यसैबीच, इटालीको अर्थतन्त्र गत वर्ष झण्डै ९ प्रतिशतले संकुचित भएको छ । युरोपेली मुलुकका मुलुकहरुमध्ये इटालीको अर्थतन्त्रको संकुचन निकै खराब हो । यहाँ करिब चार लाख ५० हजारको रोजगारी गुमेको छ जसमा अधिकांश महिला र युवा छन् ।

फेब्रुअरी ३ मा प्रधानमन्त्रीमा चयन भएपछि दिनुभएको संक्षिप्त मन्तव्यमा प्रधानमन्त्री ड्रागीले मुलुकमा सामु उत्पन्न कठिन चुनौतीका दिनमा राष्ट्रिय एकताका लागि आग्रह गर्नु भएको थियो । 

इटालीले युरोपेली युनियनको कोरोनाभाइरस पुनरुद्धार कोषबाट २ खर्ब ४० अर्ब डलरभन्दा बढी रकम प्राप्त हुने आशा गरेको छ । तर यसको बदलामा इटालीले निकै कठिन वा अलोकप्रिय सुधारका कार्यक्रम अघि सार्नु पर्नेछ ।