२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडी परिवारको सहयोगार्थ फुटसल



अ+ अ-

काठमाडौं । स्वयम्भू क्लबका पूर्व फुटबल खेलाडी स्व. विपिन शर्माको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले एक दिने फुटसल प्रतियोगिता हुने भएको छ ।

साहस स्पोर्ट्सको आयोजनामा विपिन शर्मा स्मृति कप खुला फुटसल शनिबार हुन लागेको हो । प्रतियोगितामा करिब ३२ पुरुष टिमको सहभागिता रहने प्रतियोगिता संयोजक महेश मल्ल ठकुरीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

विजेताले ७५ हजार ५ सय ५५ र उपविजेताले ३५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी र गोलरक्षकलाई जनही २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने सह–संयोजक सन्तोष न्यौपानेले जानकारी दिए ।

प्रतियोगिताका खेलहरु स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलमा हुने छ । मेडिकल पार्टनरका रुपमा शुभेक्छा अस्पताल, सीतापाइला रहेको छ ।