२५ जेष्ठ २०८३, सोमबार
,
Latest
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै पूर्वाधार विकासको प्रतीक्षामा दोमुख यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडी परिवारको सहयोगार्थ फुटसल



अ+ अ-

काठमाडौं । स्वयम्भू क्लबका पूर्व फुटबल खेलाडी स्व. विपिन शर्माको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले एक दिने फुटसल प्रतियोगिता हुने भएको छ ।

साहस स्पोर्ट्सको आयोजनामा विपिन शर्मा स्मृति कप खुला फुटसल शनिबार हुन लागेको हो । प्रतियोगितामा करिब ३२ पुरुष टिमको सहभागिता रहने प्रतियोगिता संयोजक महेश मल्ल ठकुरीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

विजेताले ७५ हजार ५ सय ५५ र उपविजेताले ३५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी र गोलरक्षकलाई जनही २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने सह–संयोजक सन्तोष न्यौपानेले जानकारी दिए ।

प्रतियोगिताका खेलहरु स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलमा हुने छ । मेडिकल पार्टनरका रुपमा शुभेक्छा अस्पताल, सीतापाइला रहेको छ ।