१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड-नेपाल समुहको स्थायी कमिटी बैठक सक्कियो, केन्द्रीय कमिटि बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समुहको स्थायी कमिटी बैठक सकिएसंगै केन्द्रीय सदस्यको नागरिकता संकलन गरिएको छ । शुक्रबार पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटि बैठक बस्ने भएको हो । 

आजै प्रचण्ड-नेपाल समुहको संसदीय दलको बैठक पनि बस्न लागेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको थियो । विभाजित प्रचण्ड–नेपाल समूह अहिले सडक आन्दोलनमा छ। 

प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगले म्याद गुजारेर आधिकारिकता दाबी गरेकाले अहिले कारबाही गर्न नमिल्ने बताएपछि बहुमत सदस्यहरू नागरिकतासहित उपस्थित गराउने तयारीस्वरूप नानगरिकता संकलन थालेको हो।