• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

तेस्रोपटक सर्किट लागेसँगै सेयर बजार बन्द



काठमाडौँ । नेप्से परिसूचकमा तेस्रो सर्किट भएसँगै सेयर बजार बन्द भएको छ । सोमबार नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि आज दिनभरीका लागि कारोबार बन्द भएको हो ।

१९७६ अंकबाट शुरु भएको नेप्से १२:०४ बजेसम्म ११७ अंकले बढ्दै २०७८ अंकमा उक्लिएको छ ।

प्रि–ओपनिङको समयमा १५ अंकले बढेको बजार तीन मिनेटमा नै पहिलो सर्किट लागेको थियो । त्यसपछि २० मिनेटपछि खुलेको बजार पुन: ४ प्रतिशतमाथिले बढ्दै दोस्रो पटक सर्किट लागेर बन्द भएको थियो । यसलगत्तै खुलेको बजार एक मिनेट पनि नटिक्दै तेस्रो पटक सर्किट लागेर बन्द भएको हो ।

सेयर बजारमा आज ३ अर्ब ७५ करोड २० लाख ९९ हजार रुपैयाँ बराबरको ९ लाख ३४ हजार ९१९ कित्ता किनबेच भएको छ । २३२ कम्पनीको सेयर कारोबार भएको आज दुईवटा कम्पनी बाहेक बाँकी २३० वटा कम्पनीको सेयर मूल्य बढेको छ ।