१४ श्रावण २०८३, बिहीबार
,
Latest
मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोडपछि आगजनी मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैभव गुप्ताले जिते ‘इन्डियन आइडल १४’ को उपाधि



अ+ अ-

एजेन्सी । चर्चित भारतीय रियालिटी शो ‘इन्डियन आइडल १४’ को उपाधि वैभव गुप्ताले जितेका छन् । आइतबार राति भएको ग्राण्ड फिनालेमा वैभव विजेता बनेका हुन् । उनले उपाधिसँगै २५ लाख भारुको चेक र ‘हट एण्ड टेकी’ ब्रेजा कार पनि पाएका छन् ।

फिनालेमा वैभव गुप्तासहित आद्या मिश्रा, अनन्या पाल, पियुष पनवार, सुभदीप दास, अञ्जना पद्मनाभनबिच प्रतिस्पर्धा भएको थियो । शोमा शुभदीप दास उपविजेता घोषित हुँदा पियुष पनवार सेकेन्ड रनरअप भए । उनीहरुले ट्रफीसँगै ५ लाख भारुको चेक पाएका थिए ।

यस्तै, अनन्या पाल थर्ड रनरअप भइन् । उनले ट्रफीको साथमा तीन लाख भारु पुरस्कार पाइन् ।

यसैपालिको सिजनमा नेपालबाट मेनुका पौडेल पनि सहभागि भएकी थिईन् । उनी टप १०सम्म पुगेकी थिईन् ।