१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा ‘तिमीले भनेका सारा देव छोएर, म क्रिया खान कहाँ सक्छु र’



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धीको मुद्दामा एमिकस क्युरीले आफ्नो राय दिइरहेका छन् । शुक्रबार एमिकस क्युरी गीता पाठकले बहसका क्रममा इजलासमा गीत र सायरीबारे चर्चा गरिएकी हुन् । 
 इजलासमा पाठकले  भनिन्  ‘यहाँ धेरै सायरी आए तर खासमा यहाँ सुहाउने त स्वरसम्राट नारायण गोपालको गीत, तिमीले भनेका सारा देव छोएर, म क्रिया खान कहाँ सक्छु र भन्ने चाहिँ सुहाउँछ ।’ 

एमिकस क्युरीका रूपमा इजलाससामु आएकी वरिष्ठ अधिवक्ता पाठकले भनिन्, 'यस इजलासमा संविधान बिरामी छ । कोमामा छ भन्ने कुरा उठ्यो । यदि त्यसो हो भने, हामी सबै बिरामी छौं । हामी सबै कोमामा छौं । हामीलाई स्वास फेर्न गाह्रो हुन्थ्यो ।'

पाठकले आफूले यो विघटनलाई ठिक र बेठिक दुबै नभन्ने बताइन् । ‘यो विघटन म ठिक पनि भन्दिन, बेठिक पनि भन्दिन,’ उनले भनिन्, ‘म हाम्रो संविधानको वकालत गर्छु । संविधानको व्याख्याको सिद्दान्तको कुरा गर्छु ।’