२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० शृङ्खला: फाइनलको लागि नामिबिया र नेदरल्याण्ड्स भिड्दै, बर्षाले खेल रद्द भए के हुन्छ?



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल प्रवेशका लागि आज नामिबिया र नेदरल्याण्ड्स भिड्दैछन् ।

कीर्तिपुरस्थित टियू मैदानमा हुन लागेको खेल बिहान ११:३० बजेदेखि सुरु हुनेछ । आजको खेलले फाइनल प्रवेश गर्ने टोलीको टुंगो लाग्नेछ ।

शनिबार भएको खेलमा नेदरल्याण्ड्सलाई ६ विकेटले हराउदै नेपाल फाइनल पुगिसकेको छ । चार खेलमा दुई खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । नेपाल र नेदरल्याण्ड्सको समान ४-४ अंक छ ।

नेदरल्याण्ड्स तीन खेलमा दुई जित र एक हारसहित अंक तालिकाको शिर्ष स्थानमा छ । दुई खेलमा हार र एक खेल जितेको नामिबिया नेदरल्याण्ड्सलाई भारी अन्तरले पराजित गर्दै फाईनल खेल्ने सोचमा हुनेछ ।

यतिबेला काठमाडौँ उपत्यकाका केही स्थानमा बिहानै देखि हल्का वर्षा भईरहेको छ । जसको कारणले गर्दा आजको खेल प्रभावित हुने सम्भावना बढि रहेको छ ।

बर्षाले गर्दा आजको खेल रद्द हुन गए नामिबिया र नेदरल्याण्ड्सले अंक समान एक एक अंक बाड्नेछन् । एक अंक बाड्दा नेदरल्याण्ड्स पाँच अंकको साथ शिर्ष स्थानमा रहि फाईनल प्रवेश गर्नेछ । नामिबियाको भने तीन अंक हुनेछ ।

फाइनल खेल मंगलबार हुनेछ ।

 




भर्खरै