२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० शृङ्खला: फाइनलको लागि नामिबिया र नेदरल्याण्ड्स भिड्दै, बर्षाले खेल रद्द भए के हुन्छ?



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल प्रवेशका लागि आज नामिबिया र नेदरल्याण्ड्स भिड्दैछन् ।

कीर्तिपुरस्थित टियू मैदानमा हुन लागेको खेल बिहान ११:३० बजेदेखि सुरु हुनेछ । आजको खेलले फाइनल प्रवेश गर्ने टोलीको टुंगो लाग्नेछ ।

शनिबार भएको खेलमा नेदरल्याण्ड्सलाई ६ विकेटले हराउदै नेपाल फाइनल पुगिसकेको छ । चार खेलमा दुई खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । नेपाल र नेदरल्याण्ड्सको समान ४-४ अंक छ ।

नेदरल्याण्ड्स तीन खेलमा दुई जित र एक हारसहित अंक तालिकाको शिर्ष स्थानमा छ । दुई खेलमा हार र एक खेल जितेको नामिबिया नेदरल्याण्ड्सलाई भारी अन्तरले पराजित गर्दै फाईनल खेल्ने सोचमा हुनेछ ।

यतिबेला काठमाडौँ उपत्यकाका केही स्थानमा बिहानै देखि हल्का वर्षा भईरहेको छ । जसको कारणले गर्दा आजको खेल प्रभावित हुने सम्भावना बढि रहेको छ ।

बर्षाले गर्दा आजको खेल रद्द हुन गए नामिबिया र नेदरल्याण्ड्सले अंक समान एक एक अंक बाड्नेछन् । एक अंक बाड्दा नेदरल्याण्ड्स पाँच अंकको साथ शिर्ष स्थानमा रहि फाईनल प्रवेश गर्नेछ । नामिबियाको भने तीन अंक हुनेछ ।

फाइनल खेल मंगलबार हुनेछ ।