२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङमा हुने टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा



अ+ अ-

काठमाडौं । हङकङमा हुनलागेको त्रिदेशीय टी–२० सिरिजको लागि नेपाली टोलीको घोषणा भएको छ ।

फागुन २६ देखि ३० गतेसम्म हुन लागेको सिरिजमा नेपालसँगै आयोजक टीम हङकङ र पपुवा न्युगिनिले खेल्नेछन् ।

प्रतियोगिताको लागि क्यानले रोहित पौडेलको कप्तानीमा १४ जनाको टोली घोषणा गरेको छ । प्रतियोगिताको लागि केही मुख्य खेलाडीलाई विश्राम दिएर युवा खेलाडीलाई अवसर दिइएको छ । दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सोमपाल कामीलाई टोलीमा समावेश गरिएको छैन ।

टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दीप जोरा,आरिफ शेख, विवेक यादव,रसिद खान, करन केसी, सागर ढकाल, प्रतिश जिसी, लोकश बम, आकाश चन्द, अभिनाश बोहेरा समावेश छन् ।