• २७ भाद्र २०८१, बिहीबार
  •      Thu Sep 12 2024
  •   Unicode
Logo
Latest
★   सार्क र बिमस्टेकलाई क्रियाशील बनाउन कुटनीतिक प्रयास गर्छु: प्रश्तावित राजदुत भट्टराई ★   स्थानीय तह नै समुन्नत नेपालको जग हो: उपसभापति गुरुङ ★   संविधान पुनरावलोकन गर्नुपर्छ: महामन्त्री थापा ★   सन्दीपले पाए अमेरिकाको भिसा ★   प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजिनु प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात – पत्रकार महासंघ ★   प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न प्रहरी होटलमा छिरेपछि… ★   भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्रमा सुधार भएको छ: गभर्नर अधिकारी ★   अमेरिकाका लागि प्रश्तावित राजदुत रेग्मीको योजना– अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने ★   अन्य राजनीतिक दलहरुलाई कमजोर बनाउने हाम्रो नीति होइन: देउवा ★   ढिलो काम गर्ने र विश्राम गर्ने छुट सरकारलाई छैनः प्रधानमन्त्री केपी ओली

साफ यु–१६ महिला च्याम्पियनसिप: नेपालको खराब शुरुवात



काठमाडौँ । नेपालले शनिवार बंगलादेशसँग २–० को हारसँगै घरेलु मैदानमा शुरु साफ यु–१६ महिला च्याम्पियनसिपको शुरुवात गरेको छ ।

चार राष्ट्रको प्रतिष्पर्धा रहेको साफ यु–१६ नेपालमा शुक्रवारदेखि शुरु भएको छ । उक्त प्रतियोगिताको दोस्रो खेलमा नेपाल शनिवार बंगलादेशसँग सहज हार स्वीकार्न बाध्य भएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बंगलादेशकी सौरबी प्रीतिले दुई गोल गरिन् । बंगलादेशले पहिलो हाफमा नै दुई गोल गर्दै घरेलु टोलीलाई दबाबमा राख्यो । तर दोस्रो हाफमा भने दुवै तर्पmबाट गोल हुन सकेन । खेलको २४औं मिनेटमा प्रीतिले गोल गर्दै अग्रता दिलाइन् । पेनाल्टी बक्समा प्राप्त बललाई उनले नेपालका दुई डिफेन्डरलाई छक्याउँदै गोल गरेका हुन् ।

त्यसको पाँच मिनेटपछि नै बंगलादेशले पेनाल्टीमार्पmत अर्को गोल थप्यो । नेपालकी गोलकिपर झर्ना दुम्राकोटीलाई अल्पी अक्तरलाई लडाएपछि बंगलादेशले पेनाल्टी पायो । सो अवसर सदुपयोग गर्दै प्रीतिले बंगलादेशको अग्रता दोब्बर बनाइन् । त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन र घरेलु टोली २–० ले पछाडि पर्‍यो । दोस्रो हाफमा दुवै तर्पmबाट प्रयास भएपनि गोल हुन सकेन र नेपालले हारबाट च्याम्पियनसिपको शुरुवात गर्‍यो । जितसँगै बंगलादेशले पहिलो खेलबाट तीन अंक जोड्यो । समान खेलबाट भारतको पनि तीन अंक नै छ । भारतले पहिलो खेलमा भूटानमाथि ७–० को रबाफिलो जित निकालेको थियो ।