• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

स्थानीय तह नै समुन्नत नेपालको जग हो: उपसभापति गुरुङ



काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले समुन्नत नेपालका लागि स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले स्थानीय तह नै समुन्नत नेपालको जग भएको बताउनु भयो । उहाँले जग बलियो नभएसम्म समुन्नत नेपालको परिकल्पना गर्न नसकिने उल्लेख गर्नुभयो । उहाँले विशेष परिस्थितिमा विशेष ढंगबाट राजनीतिक मेलमिलाप हुने गरेको भन्दै अहिले पनि विशेष परिस्थितिका कारण नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वास्तवमा समुन्नत नेपालका लागि स्थानीय तह भनेको जग हो । जबसम्म जग बलियो हुँदैन तबसम्म समुन्नत नेपालको परिकल्पना गर्न सकिँदैन । त्यसकारण जग नै बलियो बनाउनका लागि तपाईंहरुले जुन कर्म गर्नुभएको छ । जसरी मेहनत गर्नुभएको छ । जसरी लाग्नुभएको छ । लागैकै र मेहनत गरेकै कारणले नेपाली काँग्रेसले धेरै विधामा उत्कृष्ट हुन सकेको छ । विशेष परिस्थितिमा विशेष ढंगबाट राजनीतिक मेलमिलाप हुने गर्दछन् ।’

उपसभापति गुरुङले मुलुक खतरामा परिरहेको बेलामा अहिले दई ठूला राजनीतिक दलहरु मिलेर अस्थिरताको अन्त्य गर्दै सरकार बनाएको बताउनु भयो ।