२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलको राजधानी ब्रसिलियामा शुरु भयो एक्स्पो नेपाल (फाेटाे फिचर)



अ+ अ-

ब्रसिलिया । ब्राजिलको राजधानी ब्रसिलियामा नेपाली दूतावास र रक सिद्धि प्रालिले एक्स्पो नेपाल २०२४ आयोजना गरेका छन् ।

ब्राजिलका श्रममन्त्री लेलियो बेन्तेस कोहेयाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा ब्राजिलका पर्यटन उपमन्त्री तथा कार्यकारी सचिव आना कार्ला मचाडो , ब्राजिलका कानुन उपमन्त्री, ब्राजिलको संघीय अदालतका न्यायाधीस, ब्राजिलियन ट्राभल एजेन्सी संघ (अबाब)का अध्यक्ष, ब्राजिल राष्ट्रिय उद्योग परिसंघका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री लेलियोले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदाको प्रशंसा गरेको गर्दै दूतावासले आयोजना गरेको यो कार्यक्रमले दुई देश बिचको सम्बन्धमा नयाँ आयाम ल्याउने बताए ।

नेपाली दूतावासको निमन्त्रणामा बिभिन्न २० वटा भन्दा बढी देशका राजदुतहरुको उपस्थिति रहेको सो कार्यक्रममा प्रमुख अतिथी लगायत सबै अतिथिहरुलाई स्वागत गर्दै ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेले नेपाल र ब्राजिलको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध बारेमा बताएका थिए। उनले एक्स्पो नेपाल २०२४ ले ब्राजिलियनहरुलाई नेपालसंग जोड्न सहज हुने बताए ।

ट्रेकिंग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) का महासचिव बिनोद सापकोटाले ब्राजिलमा रहेको दुतावासको सक्रियतामा आयोजना भएको एस्पोले ब्राजिलियनहरुलाई नेपाल घुम्नै पर्ने देश हो भनेर प्रचार गर्ने र दुरीको हिसावले यहाँबाट नेपाल टाढा भएपनि ब्राजिल जस्तो ठुलो अर्थतन्त्र भएको देशलाई नेपालमा जोड्न दूतावाले गरेको प्रयास सकारात्मक रहेको बताए ।

त्यसैगरी नेपाल उद्योग परिसंघका महाप्रबन्धक दिपकराज जोशीले ब्राजिलियनहरुलाई भौगोलिक र प्राकृतिक हिवासले समेत मिल्दोजुल्दो नेपालमा निर्घक्क भएर घुम्न र लगानी गर्न आग्रह गरे।

नेपालका बिबिध क्षेत्रका बारेमा जानकारी दिने उदेश्यले आयोजना गरीएको एक्सो नेपाल २०२४ मा नेपाली व्यवसायीहरुले २२ वटा स्टल रहेका छन् । स्टलमा नेपाल घुम्न चाहनेका लागी बिभिन्न आकर्षक प्याकेजहरु , नेपाली खानाका परिकार , नेपाली गलैचा, नेपाली कला सस्कृति झल्काउने काठका सामग्रीहरु प्रदर्शनीमा राखिएको छ।