२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङ क्रिकेट लिग–२ः तुलसीपुर रोयल्स र दङ्गाली लायन्स उपाधिका लागि भिड्ने



अ+ अ-

घोराही । तुलसीपुर रोयल्स र दङ्गाली लायन्स दाङको घोराहीमा जारी ‘दाङ क्रिकेट लिग–२’ को उपाधिका लागि भिड्ने भएका छन् । फाइनल खेल शनिबार घोराही–१७ गुलरियास्थित घोराही क्रिकेट रङ्गशालामा हुने छ ।

दाङ क्रिकेट सङ्घको आयोजनामा यही फागुन १४ गतेदेखि सुरु भएको लिग चरणको अन्तिम खेलमा आज तुलसीपुर रोयल्सले घोराही टाइगर्सलाई तथा दङ्गाली लायन्सले देउखुरी वारियर्सलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् ।

तुलसीपुर रोयल्स लिग चरणका चारवटै खेलमा अपराजित रहँदै आठ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै दङ्गाली लायन्स चार खेलमा तीनमा जित तथा एउटामा हारसहित ६ अङ्कका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा सहभागी घोराही टाइगर्स चार अङ्कसहित तेस्रो, पुरन्धारा च्यालेन्जर्स दुई अङ्कसहित चौथो तथा लिग चरणमा जितबिहीन रहेको देउखुरी वारियर्स अङ्क तालिकाको पुछारमा रहेको छ ।

आज भएको पहिलो खेलमा दङ्गाली लायन्सले देउखुरी वारियर्सलाई ६ विकेटले हराएको हो । देउखुरीले दिएको एक सय २६ रनको लक्ष्य दङ्गालीले १८ दशमलव चार ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो । यस अघि टस जितेर ब्याटिङ गरेको देउखुरी वारियर्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २५ रन बनाएको थियो ।

यसैगरी आजै भएको लिग चरणको अन्तिम खेलमा तुलसीपुर रोयल्सले घोराही टाइगर्सलाई ४१ रनले पराजित ग¥यो । घोराहीले एक सय ५१ रनको लक्ष्य पाए पनि २० ओभरमा नौ विकेटको क्षतिमा एक सय नौ रन मात्र बनायो । यस अघि टस हारेर ब्याटिङको निम्तोे पाएको तुलसीपुर रोयल्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५० रन बनाएको थियो । रासस