१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

मिटरब्याजी पीडितका पीडा: आन्दोलन गर्दैगर्दा पनि फोन आउँछ, सरकारले न्याय दिन/नदिने टुंगो छैन

मिटरब्याजी पीडितका पीडा: आन्दोलन गर्दैगर्दा पनि फोन आउँछ, सरकारले न्याय दिन/नदिने टुंगो छैन
अ अ+ अ-

काठमाडौँ । लगातार २३ दिन हिँडेर गत फागुन १० गते काठमाडौं आएका मिटरब्याज पीडितहरु निरन्तर रुपमा आन्दोलनरत छन् ।

नेपालको विभिन्न भागबाट २३ दिन लगातार हिँडेर काठमाडौं सरकारसँग न्याय माग्न आएपनि उनीहरुको मागलाई सरकारले अहिलेसम्म सुनुवाई गरेको छैन । मिटरब्याज पीडितहरु न्याय नपाएसम्म काठमाडौं नछाड्ने अडानमा रहेका छन् । खाली खुट्टामा हिँड्दा उठेका ठेलाहरू फुटेर बनेका घाउँबाट रगत बगाउँदै भएपनि दैनिक काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । सरकारले उनीहरुको माग सम्बोधनको लागि वार्ता टोली बनाएर वार्ता गरिरहेको छ । तर दुई पटकसम्म वार्ता सफल हुन सकेको छैन । काठमाडौं आएका अधिकांश मिटरब्याज पीडितहरु गाउँकै साहुमहाजनबाट लिएको ऋणले उठिबास बनाएको भन्दै सरकारसँग जाली तमसुक खारेज गर्न माग गरेका छन् ।

अधिकांश पीडितहरुले ऋण लिएको ४ देखि ६ वर्षमा दोब्बर तेब्बर ऋण पुग्ने र हरेक वर्ष बुझाउँदा पनि साहुको ऋण नघटेन उल्टो बाँकी छ भन्दै घर जग्गा लुट्ने काम गरेको गुनासो गर्दै आएका छन् । उनीहरुले साहुले जाली तमसुक बनाएर भएको एक कठ्टा जमिन समेत हडपेकाले न्यायको लागि काठमाडौं आएको तर न्याय पाउने आशा मरेको बताए । उनीहरुले ऋणको दोब्बर पैसा फिर्ता गर्दा पनि साहुले जग्गा खाने र जग्गा फिर्ता माग्दा उल्टै ऋण लिएको भन्दा बढी पैसा माग्ने गरेको पीडितहरुको गुनासो छ ।

मिटिरब्याज पीडित आन्दोलनमा सहभागी दाङका मिटरब्याज पीडितले राज्यले पीडितहरुको माग सम्बोधन भन्दा पनि राजनीतिकरण गर्ने काम भइरहेको बताउनु भयो । उहाँले काठमाडौं आएर न्यायको ढोका ढकढकाय पनि न्याय पाउने अवस्था नदेखिएको दाबी गर्नुभयो । पीडितले सरकारसँगको वार्तामा पनि विभिन्न पार्टीहरुको खेल भइरहेको बताउनु भयो । उहाँले वार्ताको माध्यमबाट समस्याको समाधान नहुने भएकाले न्याय पाउने विश्वास हराएको बताउनु भयो । पीडितहरुको माग सरकारले सम्बोधन गर्छ भन्ने दु:ख,कष्ट सहेर पनि न्याय पाउने आशाले बसिरहेको भन्दै खान, बस्नको लागि आफैँ खर्च गर्नुपरेको बताउनु भयो । न्याय नपाएसम्म काठमाडौं नछोड्ने योजनामा रहेको बताउनु भयो ।

सुनसरी जिल्लाबाट आएका अर्का मिटरब्याज पीडित बेलाल अनसारीले पूर्वमेचीदेखि पैदल हिँडेर काठमाडौं आएको ३२ दिन भएको र स्वास्थ्यमा समस्या देखिन थाल्दा समेत सरकारले माग सुनुवाई गर्ने अवस्था नदेखिएको दु:खेसो पोख्नुभयो । उहाँले पीडितहरुको माग सम्बोधन नभएसम्म काठमाडौंमा नै बस्ने बताउनु भयो । उहाँले काठमाडौं बस्नलाई धेरै समस्या रहेको गुनासो गर्नुभयो । उहाँले मिटिर ब्याज पीडितले यति धेरै दु:ख कष्ट भोग्दा पनि सरकारले समस्या बुझ्न नसेको बताउनु भयो । उहाँले आन्दोलनमा हुँदा समेत साहुमाहजनले पैसा कहिले दिने भन्दै फोन आउने गरेको सुनाउनु भयो । अनसारीले सरकारले मिटिरब्याज पीडितलाई गृहमन्त्रीले दिने न्यायको सन्देश लिएर मात्रै आउने सुनाएको बताउनु भयो । मिटरब्याज तथा ठगीबिरूद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता शत्रुधन कुशवाह यादवले सरकारले मिटरब्याज पीडितको माग सम्बोधन गर्न आनाकानी गरिरहेको बताउनु भयो । उहाँले सरकारले ६ बुँदे माग सम्बोधन गरे पीडितहरु तत्काल घर फर्कने जानकारी दिनुभयो । उहाँले पीडितहरुको सरकारसँग धेरै ठूलो माग नभएको भन्दै जाली तमसुक खारेज,बढी लगेको पैसा फिर्ता लगायतमा मात्रै माग रहेको बताउनु भयो।

सिराहा जिल्लाका तिलकबहादुरको पनि उस्तै गुनासो रहेको छ । उहाँले पनि न्याय माग्नको लागि काठमाडौं आएको र न्याय नपाएसम्म घर नफर्कने बताउनु भयो । न्याय पाउने आशाले अगुवाहरुको पछाडी लागेर आएको बताउनु भयो । त्यस्तै कैलाली टिकापुरकी लक्ष्मी शाहले मिटरब्याजीले ऋणले भएकार घरजग्गा लिलाम गरेकाले न्यायको लागि आन्दोलनमा आएको बताउनु भयो ।

पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटरब्याज पीडित समूहबीचको वार्ताले ठोस निस्कर्ष निस्कने भने पनि अहिलेसम्म आउन सकेको छैन ।