१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

नागरिकका अपेक्षा पूरा गर्न सबै एकजुट बनौँ: झलनाथ खनाल

नागरिकका अपेक्षा पूरा गर्न सबै एकजुट बनौँ: झलनाथ खनाल
अ अ+ अ-

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विकास निर्माणका सवालमा सबै राजनीतिक दल एकजुट बन्नुपर्ने बताउनुभएको छ ।

आज भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटनमा पूर्वप्रधानमन्त्री खनालले जनआन्दोलनपछि पटक–पटक सरकार परिवर्तन हुँदा पनि नागरिकको अपेक्षा पूरा गर्न नसकिएको भन्दै सबै राजनीतिक दल मिलेर नेपाललाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले अहिले राजनीतिक दलहरु हिँडेको बाटोको सीमक्षा गर्न आवश्यक रहेको समेत उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामी हिँडेको बाटोको एक पटक समीक्षा आवश्यक छ । कमजोरी कहाँ भएको छ । एकचोटी सबैले छातीमा हात राखेर मनन गरौँ । सबै एकजुट हुने हो भने समृद्धि सम्भव छ ।”

नेता खनालले समृद्ध नेपाल र सुखी नेपाली निर्माण गर्ने सपना र दोस्रो जनआन्दोलनको उद्देश्य पूरा गर्नतिर लाग्नुपर्नेमा जोड दिनुभयो । “सबै मिलेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तय गरौँ । यसबाट सुन्दरतामा सुगन्ध पनि थपिन्छ”, उहाँले भन्नुभयो । उहाँले नेपालमा विराट सम्भावना रहेको र चितवन सभ्यता र सम्भावना बोकेको उपत्यका भएको समेत उल्लेख गर्नुभयो ।

“भरतपुरमा विकास र रुपान्तरणका प्रक्रिया आगाडि बढ्दै छन् । भ्रमण वर्षको उद्घाटन महोत्सवका रुपमा स्थापित भएको छ”, उहाँले भन्नुभयो । खनालले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कि छोरी मात्रै नभई नेपालीकी छोरी भएको बताउनुभयो ।

“रेनु दाहालको नेतृत्वमा यो कार्यक्रम आयोजना भएको छ । प्रमुख दाहाल कमरेड पुष्पकमल दाहालको छोरी मात्र होइन नेपालकी छोरी हुनुहुन्छ । धैरै कामहरु पूरा गर्नुहोस् । शुभकामना दिन चाहन्छु”, उहाँले भन्नुभयो । उहाँले दाहालले लिएको नीतिबाट समृद्ध चितवन बन्न सकोस भन्दै कामना समेत गर्नुभयो । सो अवसरमा उहाँले भरतपुरमा गरेको विकास निर्माण र भ्रमण वर्षको प्रशंसा समेत गर्नुभयो । रासस