• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

सैनिक ऐन संशोधनको लागि गृहकार्य भइरहेको छ: उपप्रधानमन्त्री खड्का



काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक ऐन संशोधनको लागि गृहकार्य भइरहेको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा उहाँले सो जानकारी गराउनुभएको हो । उपप्रधानमन्त्री खड्काले सैनिक ऐन, २०६३ लाई संशोधन गर्नका लागि सरोकारवालाहरुसँग छलफल भइसकेको र त्यसलाई अन्तिम रुप लिन संसदको चालु अधिवेशनमै पेश गर्न लागिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सैनिक ऐन २०६३ संशोधनको लागि गृहकार्य भइरहेको जानकारी गराउन चाहन्छु । सम्बन्धित सरोकारवालाहरुसँग छलफल भई संशोधनको मस्यौदालाई अन्तिम रुप दिन यथाशाक्य संसदको यसै अधिवेशनमा पेश गर्ने गरी अगाडि बढिएको व्यहोरा पनि म माननीय सदस्यहरुज्युहरुलाई जानकारी गराउन चाहन्छु । ’

उपप्रधानमन्त्री खड्काले सरकार, सेना र अदालतमाथि नकारात्मक टिकाटिप्पणी हुने गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । सेना, सरकार र अदालतसबै नागरिकका साझा सम्पती भएकाले त्यसमा रहेका कर्मी हटाउनका लागि मर्यादित र रचनात्मक सहयोगको अपेक्षा पनि सरकारले गरेको उहाँले बताउनु भयो ।