१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

बालेन्द्र साहप्रति सांसद सिंह आक्रोसित: भने– यस्तो हर्कत नदोहोरियास्

बालेन्द्र साहप्रति सांसद सिंह आक्रोसित: भने– यस्तो हर्कत नदोहोरियास्
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले फुटपाथ व्यापारीहरुलाई त्रसित नगराउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई चेतावनी दिनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य सिंहले काठमाडौं महानगरपालिकाको प्रमुखको दम्भ बढेको बताउनुभएको हो । उहाँले काठमाडौंले मधेसका मान्छेका कारणले फल र तरकारी खान पाइरहेको भएपनि मधेसका मान्छेहरुलाई अपमान गरिएको बताउनु भयो । उहाँले करमा दर्ता गरेर कवाडी व्यवसाय सञ्चालन गर्दा पनि अपमान गरिएको भन्दै सरकारसँग असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले काठमाडौं संघीय राजधानी भएको भन्दै यहाँ संविधान प्रदत्त अधिकारको उपभोग गर्दै सबैले बस्न पाउने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘महानगरको मेयरको दम्भ बढेको छ । किनभने श्रमिकहरु, तल्लो वर्गको काम गर्नेले यो देशमा बस्न नपाउने ? महानगर व्यवस्थित गर्न नपाउने, महानगरमा विकासको एउटा सिन्को भाँच्न नपाउने, तर कहिले फुटपाथको व्यापारीलाई त्रसित गर्ने, टाउको फुटाउने, कहिले कवाडीहरुलाई हटाउने । आज काठमाडौंको मान्छे फल खाइरहेको छ, तरकारी खाइरहेको छ, त्यो मधेसको मान्छेको कारणले हो । तर आज त्यही मधेसको मान्छे जो कवाडीको रुपमा छ, त्यो अपमानित भइरहेको छ । टाउको फुटिरहेको छ । उनीहरु कर तिरिरहेको छ । प्यानमा दर्ता छ । गैरकानूनी हो भने किन प्यान लिइरहेको छ । सरकार एकातिर कर पनि लिने अर्कोतिर अपमान गर्ने ? संघीय सरकारले यसमा हस्तक्षेप गरोस् । न कि संघीय सरकार, संघको गृहमन्त्री प्रहरी पठाएर महानगरसँग दोस्ती गरेर काम छैन । यो नेपाल हरेक नेपालीको हो । कुनै मेयर र प्रधानमन्त्रीको मात्रै होइन । कवाडीहरुलाई रेगुलेट गर्ने काम गरियोस् । मेयरले बनाएको काठमाडौं होइन । यो काठमाडौं संघीय राजधानी हो । यहाँ एउटा गरिव पनि बस्न पाउँछ । एउटा चेपाङ, मुसहर र र दलित पनि बस्न पाउँछ र प्रधानमन्त्री पनि बस्न पाउँछ । यो प्रधानमन्त्री, मन्त्री, मेयर बस्नका लागि मात्रै काठमाडौं बनेको होइन । काठमाडौंको मेयर यस्ता हर्कतबाट बाजाओस् । नत्र काठमाडौं कुनदिन संघर्षको मैदान हुन्छ । न संघ सरकारको नियन्त्रणमा हुन्छ । न मेयरको त कुनै औकातमै छैन ।’

उहाँले श्रमिक वर्गलाई अपमान गरिए काठमाडौं कुनैदिन संघर्षको मैदान बन्ने भन्दै संघ सरकार र महानगरपालिकाको नियन्त्रणमा नरहने बताउनु भयो ।