• २७ भाद्र २०८१, बिहीबार
  •      Thu Sep 12 2024
  •   Unicode
Logo
Latest
★   ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित ★   सार्क र बिमस्टेकलाई क्रियाशील बनाउन कुटनीतिक प्रयास गर्छु: प्रश्तावित राजदुत भट्टराई ★   स्थानीय तह नै समुन्नत नेपालको जग हो: उपसभापति गुरुङ ★   संविधान पुनरावलोकन गर्नुपर्छ: महामन्त्री थापा ★   सन्दीपले पाए अमेरिकाको भिसा ★   प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजिनु प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात – पत्रकार महासंघ ★   प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न प्रहरी होटलमा छिरेपछि… ★   भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्रमा सुधार भएको छ: गभर्नर अधिकारी ★   अमेरिकाका लागि प्रश्तावित राजदुत रेग्मीको योजना– अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने ★   अन्य राजनीतिक दलहरुलाई कमजोर बनाउने हाम्रो नीति होइन: देउवा

नेपालले नामिबियालाई ३ रनले हरायो



काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले नामिबियालाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको हो ।

नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १७७ रनमात्रै जोड्न सक्यो । यो जितसँगै नेपालले फाइनलमा पुग्ने आशा जिवितै राखेको छ भने यसअघिको हारको बदला पनि लिएको छ ।

नामिबियाका लागि जेजे स्मिथले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, ज्यान फ्रिलिंकले ३७, जेपी कोत्जेले २५ रन जोड्दा जेन ग्रिन २३ रनमा नटआउट रहे । यस्तै, रुवेन ट्रम्पेलमानले १४ तथा माइकल भान लिंगेनले १० रन जोडे ।

नेपालका लागि बलिङतर्फ करण केसी, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । यस्तै अभिनाश बोहराले १ सफलता हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रनको योगफल बनायो ।

नेपालका लागि कुशल मल्लले ३७ बल खेल्दै १ चौका र ४ छक्काको मद्दतमा ५५ रन बनाए । कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरे । आरिफले आउट हुनुअघि २४ बलमा चार चौकाको सहायताले ३१ रन जोडे ।

त्यस्तै गुलशन झाले १६ बल खेल्दै एक चौका र तीन छक्काको सहायताले २६ रन बनाए भने अनिल शाहले १७ बलमा तीन छक्काको मद्दतमा २३ रन जोडे । दीपेन्द्रसिंह ऐरी आठ बलमा दुई चौका प्रहार गर्दै १६ रनमा आउट भए ।

कप्तान रोहितकुमार पौडेल नौ बलमा दुई चौका प्रहार गर्दै १० रनमा आउट भए । त्यस्तै सुरुआती ब्याट्सम्यान आसिफ शेख एक रनमा आउट हुँदा करण केसीले सात तथा सोमपाल कामी दुई रनमात्रै बनाए ।

बलिङतर्फ नामिबियाका बेन शिकाङगोलले तीन विकेट लिए भने ज्याक ब्रेसलले दुई विकेट झारे । त्यसैगरी बर्नार्ड स्कोल्ज र जान निकोल लोफटी इटनले समान एक–एक विकेट लिए ।