२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले नामिबियालाई ३ रनले हरायो



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले नामिबियालाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको हो ।

नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १७७ रनमात्रै जोड्न सक्यो । यो जितसँगै नेपालले फाइनलमा पुग्ने आशा जिवितै राखेको छ भने यसअघिको हारको बदला पनि लिएको छ ।

नामिबियाका लागि जेजे स्मिथले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, ज्यान फ्रिलिंकले ३७, जेपी कोत्जेले २५ रन जोड्दा जेन ग्रिन २३ रनमा नटआउट रहे । यस्तै, रुवेन ट्रम्पेलमानले १४ तथा माइकल भान लिंगेनले १० रन जोडे ।

नेपालका लागि बलिङतर्फ करण केसी, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । यस्तै अभिनाश बोहराले १ सफलता हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रनको योगफल बनायो ।

नेपालका लागि कुशल मल्लले ३७ बल खेल्दै १ चौका र ४ छक्काको मद्दतमा ५५ रन बनाए । कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरे । आरिफले आउट हुनुअघि २४ बलमा चार चौकाको सहायताले ३१ रन जोडे ।

त्यस्तै गुलशन झाले १६ बल खेल्दै एक चौका र तीन छक्काको सहायताले २६ रन बनाए भने अनिल शाहले १७ बलमा तीन छक्काको मद्दतमा २३ रन जोडे । दीपेन्द्रसिंह ऐरी आठ बलमा दुई चौका प्रहार गर्दै १६ रनमा आउट भए ।

कप्तान रोहितकुमार पौडेल नौ बलमा दुई चौका प्रहार गर्दै १० रनमा आउट भए । त्यस्तै सुरुआती ब्याट्सम्यान आसिफ शेख एक रनमा आउट हुँदा करण केसीले सात तथा सोमपाल कामी दुई रनमात्रै बनाए ।

बलिङतर्फ नामिबियाका बेन शिकाङगोलले तीन विकेट लिए भने ज्याक ब्रेसलले दुई विकेट झारे । त्यसैगरी बर्नार्ड स्कोल्ज र जान निकोल लोफटी इटनले समान एक–एक विकेट लिए ।