१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

अर्थतन्त्रका सूचक सकारात्मक देखिन थालेका छन्: अर्थमन्त्री

अर्थतन्त्रका सूचक सकारात्मक देखिन थालेका छन्: अर्थमन्त्री
अ अ+ अ-

गलकोट । नेपाल सरकारका अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको बताउनुभएको छ । उहाँले आफूलाई नभई देश र जनताको लागि मात्रै सोचेर काम गरेको बताउँदै अर्थतन्त्रको दीर्घकालीन सुधारमा लागेको बताउनुभयो ।

नेपाली कांग्रेस बागलुङले आज आयोजना गरेको कार्यक्रता भेटघाट कार्यक्रममा अर्थमन्त्री महतले नेपालमा सूचना प्रविधि, पर्यटन र जलविद्युत्मा अथाहा सम्भावना रहेको बताउँदै रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान गइरहेको जानकारी दिनुभयो । उहाँले वर्तमान सरकारले अर्थतन्त्रलाई विस्तारै लयमा फर्काएको सूचकले देखाउन थालेको बताउनुभयो ।

“म सरकारमा आउँदा आठ प्रतिशत मूल्यवृद्धि थियो, ब्याजदर १६ प्रतिशत थियो, अधिकांश लगानी जग्गा र शेयरमा गरेकाले प्रतिफल नआउँदा समस्या भयो, आर्थिक सुनिश्चितता नहुँदै धेरै योजना ल्याएका थिए, सहकारीलाई लुट्ने माध्यम बनाउन थालिएको थियो”, उहाँले भन्नुभयो, “तर अहिले ब्याजदर एक अङ्कमा ल्याउन थालिएको छ, आर्थिक वृद्धिदर बढ्न थालेको छ, रातारात आर्थिक सुधार नहुने भएकाले विस्तारै अर्थतन्त्र सुधारोन्मुख भएको छ ।”

वर्तमान सरकार आर्थिक दायित्व भुक्तानी गर्दागर्दै अहिलेको सरकार हैरान परेको अर्थमन्त्री महतले बताउनुभयो । अहिलेको सरकारले तीन करोडभन्दा तलको योजना केन्द्र सरकारले नगरेर प्रदेश सरकारमा पठाउने उहाँको भनाइ छ । अघिल्लो सरकारले हचुवाका भरमा धेरै योजना ल्याउँदा दायित्व भुक्तानी गर्न असहज भएको उहाँको भनाइ छ । नेपाली कांग्रेसका प्रवक्तासमेत रहनुभएका अर्थमन्त्री महतले भावनाले राजनीति नचल्ने भन्दै राजनीतिक पार्टी भनेको सरकार चलाउने र समृद्धि ल्याउने गरी स्थापना भएको बताउनुभयो ।

अहिलेको संवैधानिक अवस्थामा बहुमत ल्याउन नसक्ने भन्दै गठबन्धनको औचित्य स्थापित हुँदै जानु वास्तविकता रहेको बताउनुभयो । शान्ति स्थापना गर्न नेपाली कांग्रेसले ठूलो भूमिका खेलेको उहाँको भनाइ छ । गठबन्धन परिस्थितिले सिर्जना गरेको बताउँदै उपलब्धि हासिल गर्न र एक्लै बहुमत आउन नसक्ने अवस्थामा गठबन्धन सिर्जना गर्न बाध्य भएको अर्थमन्त्रीको भनाइ रहेको छ । गठबन्धन रणनीतिक विषय भएको उहाँको जिकिर छ ।

कांग्रेस पार्टीले योग्य व्यक्ति सबैलाई न्याय गर्न नसकेको बताउँदै त्यसका लागि पार्टीमा पहल गर्ने अर्थमन्त्री महतले बताउनुभयो । कांग्रेस एक्लै बहुमत ल्याउने गरी दृढताका साथ अघि बढ्नुपर्नेमा उहाँको जोड थियो । बागलुङको पञ्चकोटमा आयोजना भइरहेको अन्नतश्री बह्माण्डीय महायज्ञअन्तर्गत अर्थसंवाद कार्यक्रममा सहभागी हुन अर्थमन्त्री बागलुङ आउनुभएको हो ।

यही फागुन २३ गतेसम्म सञ्चालन हुने महायज्ञमा शिक्षा सम्मेलन, जनप्रतिनिधि सम्मेलन र कानुन सम्मेलनलगायतका विविध कार्यक्रम आयोजना भइसकेका छन् । रासस