१८ भाद्र २०८३, बिहीबार
,
Latest
प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रका सचिव पौडेलको टिप्पणी: यो व्यवस्थाको बिरोध गर्न पाईन्छ र ?



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सचिव एवं सांसद देवेन्द्र पौडेलले सांसदहरुले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको बिरोध गर्न नपाउने बताउनुभएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र मान्छौं भनेर शपथ खाएर संसदमा आउनेहरुले त्यसको बिरोध गर्न पाईन्छ र ? भनि प्रश्न गर्नुभएको हो शुक्रवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सचिव पौडेलले राप्रपाका सांसदहरुप्रति लक्षित गर्दै दिनहुँजसो यो व्यवस्थाको बिरोध गर्ने कुराले आफूहरुलाई गम्भिर बनाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशी जस्ता प्रणाली ल्याउन निम्ति हजारौंको बलिदान, रगत, आँशु, पसिना, बगेर यो व्यवस्था आएको हो । यो व्यवस्थालाई मान्छु भनेर, यो व्यवस्थालाई ग्रहण गर्छु भनेर हामीले संसदमा सपथ खाएको हुन्छौ । र शपथ खाएर मात्रै हामी सदनमा प्रवेश गरेका हुन्छौं । सम्माननीय सभामुख महोदय, कहिलेकाँही मात्रै होइन, दिनदिनैजसो यो व्यवस्थाको बिरोध गरेको हामी यहाँ सुन्छौं । सम्माननीय सभामुख महोदयमार्फत म भन्न चाहन्छु–सपथ खाएर आईसकेपछि यो संविधान मान्छु भनिसकेपछि यो व्यवस्था र प्रणालीको विरोध गर्न पाईन्छ र ? यो कुराको गम्भिर ध्यानाकर्षण गराउनका निम्ति म विशेष अनुरोध गर्न चाहन्छु ।’

सचिव पौडेलले हजारौंको बलिदान, रगत, आँशु, पसिना, बगेर यो व्यवस्था आएको उल्लेख गर्दै यसलाई मान्छौं भनेर सपथ खाने तर बिरोध गर्ने काम गर्न नहुने बताउनु भयो ।




भर्खरै