२७ श्रावण २०८३, बुधबार
,
Latest
इरानको नाकाबन्दी उल्लंघन गरेको आरोपमा अमेरिकी सेनाद्वारा पानामाको मालवाहक जहाजमाथि कारबाही लिबियाको जाविया तेल प्रशोधन केन्द्रमा आक्रमण, इन्धन ट्याङ्कीमा भीषण आगलागी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै कालीगण्डकीको कटानले जोखिममा पुल डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति रघुगङ्गाको बेगमा वडा कार्यालय भवन निर्माण धनकुटाको भेडेटार ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरामा चढाएको करिब २३ लाख सिक्का गनिँदै



अ+ अ-

फुङ्लिङ। ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) मा भक्तजनले चढाएको सिक्का सङ्कलन गरी गन्न थालिएको छ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरामा सङ्कलन हुँदै आएको करिब रु २३ लाख बराबरको सिक्का गणना गर्न थालेको हो ।

पाथीभरामा पूजापाठ गर्न आउने भक्तजनले देवीको नाममा नगद नोट र सिक्का चढाउने तथा दान गर्ने गर्दछन् । २०७६ सालयताका भारु सिक्का करिब दश लाख बराबर र नेपाली सिक्का करिब रु १३ लाख बराबरको गणना हँुदै गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो ।

कार्यकारी निर्देशक हाङ्बाङका अनुसार माघ महिनाको दोस्रो सातायता सिक्का गणना गर्न सुरु गरिएको हो । समितिको कर्मचारी तथा ज्यालादारी जनशक्तिमार्फत् भारतीय सिक्का धमाधम गणना भइरहेको उहाँले जानकारी दिनुभयो । भारतीय सिक्का रु १०, रु पाँच, रु दुई र रु एक दरका रहेका छन् । सिक्का गणना गरिसकेपछि सटहीको प्रक्रिया अघि बढाइने पनि कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो ।

माघ मसान्तसम्ममा पाथीभरा क्षेत्र विकास समितिको कोषमा जम्मा बैंक मौज्दात रु आठ करोड ९४ लाख ५४ हजार ४५ रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । गत साउनदेखि माघसम्ममा ९८ हजार तीन सय भक्तजनले पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेको समितिले जनाएको छ । बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेष गरी बडादसैँ र वसन्त ऋतुका समयमा भक्तजनको चाप बढ्ने गरेको छ । बडादसैँपछि चैतेदसैँ ९रामनवमी०का समयमा धेरै तीर्थयात्री यहाँ आउने गर्दछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् ।

तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको बिर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ । मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ । वर्षाको समयमा कच्ची बाटोमा सामान्यतया समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ । पाथीभरामा हेलिकोप्टरमार्फत मन्दिर परिसरमै पुगिन्छ । रासस