१२ श्रावण २०८३, मंगलवार
,
Latest
गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्र बैठक यातायात कार्यालय विराटनगरद्वारा ४८ करोड ९८ लाखभन्दा बढी राजस्व सङ्कलन सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते सुख्खा पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा मन्त्री गौरिकुमारी यादव र रुसी राजदूतबीच भेट, व्यापार विस्तार र उद्योग सञ्चालनमा सहकार्य कप्तानगञ्ज घटनाबारे नेपाली कम्युनिष्ट पार्टीद्वारा निष्पक्ष छानबिनको माग ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले टस हार्यो, पहिले ब्याटिङ गर्ने



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमाटस जितेर नामिबियाले पहिले फिल्डिङ रोजेको हो ।

जारी प्रतियोगितामा दुई टोली दोस्रोपटक भिड्न लागेका हुन् । यसअघि भएको खेलमा नामिबियाले नेपाललाई २० रनले पराजित गरेको थियो ।

नेपाललाई आजको खेल निकै महत्वपूर्ण रहेको छ । लगातार दुई खेलमा पराजित भएको नेपाल फाइनलको सम्भावना जिवितै राख्नका लागि पनि आजको खेल जित्नुपर्ने दबाबमा छ ।

विश्वकप लिग–२ खेल्न नेपाल आएका दुई टोली नामिबिया र नेदरल्यान्ड्ससँग नेपालले सिरिज खेलेको हो । हरेक टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्दैछन् । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।