१२ श्रावण २०८३, मंगलवार
,
Latest
चिकित्सक र स्वास्थ्यकर्मीका माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह ग्यास उद्योग निरीक्षण गर्दै मन्त्री यादवले भनिन्–घरायसी प्रयोजनलाई प्राथमिकता दिनू निर्वाचन आयोगलाई सरकारको लाचार छायाँ बनाउनु हुँदैनः केसी वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुम्बासी र अव्यवस्थित बसोवासीको प्रदर्शन जारी निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड निर्वाचन प्रणाली र सुरक्षा निकायको भुमिकामाथि सांसद खत्रीको प्रश्न लघुवित्त पीडितले थाले आमरण अनसन प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिन्छः प्रश्तावित निर्वाचन आयुक्त वाग्ले निर्वाचन आयुक्तको कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्छः दंगाल विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘साम्बा’ बिनाको नेपालले कसरी फाइनल खेल्नेछ ?



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला टोलीलाई आज इतिहास रच्ने अवसर छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जित्न नसकेको नेपाली टोलीले आज साउदी अरेबियामा जारी वाफ वुमेन्स च्याम्पियनसिपको फाइनल खेल्दैछ । राति पौने १० बजे सुरु हुने फाइनलमा नेपालले बलियो प्रतिद्वन्द्वी जोर्डनलाई पाएको छ ।

नेपालले समूह चरण र सेमिफाइनलमा उत्कृष्ट खेल खेलेको थियो । नेपाली टोलीका प्रमुख हतियार थिइन् साबित्रा भण्डारी ‘साम्बा’ । उनको अनुपस्थितिले फाइनल खेल सहज भने पक्कै हुनेछैन, त्यसमाथि जोर्डन जसले प्रतियोगिताका यसअघिका खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आफूलाई प्रमुख दाबेदार प्रस्तुत गरेको छ ।

सेमिफाइनलमा उसले प्यालेस्टाइनलाई ५–० गोल अन्तरले पराजित गरेको थियो । जारी प्रतियोगितामा विपक्षी चार टोलीको पोस्टमा १३ गोल गरेको जोर्डनले जम्मा एक गोल मात्रै खाएको छ ।

जोर्डन वाफ च्याम्पियनसिपको पछिल्लो तीन संस्करणसहित पाँच पटकको विजेता टोली समेत हो । विश्व वरियतामा नेपाल जोर्डनभन्दा ३१ स्थानमाथि छ । जोर्डन ७४औँ स्थानमा छ भने नेपाल १०५ औं स्थानमा छ ।

सावित्रीको ठाउँ कसले लिने भन्ने नेपाली टोलीमा चिन्ताको विषय रहेको छ । साम्बा एन अभान्ट ग्वेंगाम्पसँगको व्यावसायिक सम्झौताका कारण फ्रान्स जानु परेपछि उनी फाइनलमा उपलब्ध हुन सकिनन् । उक्त क्लबसँगको सम्झौताअनुसार उनलाई फिफा विन्डोको खेलमात्रै खेल्ने अनुमति थियो ।

समूह चरण र सेमिफाइनलका खेल फिफा विन्डोभित्र परे पनि फाइनल खेल फिफा विन्डो बाहिरको खेल भएकाले उनी फाइनल खेल्न नपाएकी हुन् ।

नेपालले समूह चरण र सेमिफाइनल गरी चार खेलमा कूल १५ गोल गर्दा दुई गोल मात्रै खाएको थियो । नेपालले गरेका १५ मध्ये ९ गोल साम्बा एक्लैले गरेकी थिइन् ।