२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामिबिया र नेदरल्यान्ड्स भिड्दै



अ+ अ-

काठमाडौं । त्रिदेशीय टी-२० सिरिज अन्तरगत आज बिहीबार नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ११स्३० बजे सुरु हुनेछ ।

यसअघि हिजो बुधबार भएको खेलमा नेपाललाई २ रनले हराएको नेदरल्यान्ड्स आजको खेलमा पनि जित निकाल्दै लगातार दोस्रो जितको खोजीमा छ ।

अर्कोतर्फ पहिलो खेल खेल्न लागेको नामिबिया नेदरल्यान्ड्सलाई हराउँदै विजयी सुरुवात गर्न चाहन्छ ।

जारी प्रतियोगितामा तीन टोलीले एकअर्कासँग दुई-दुई खेल खेल्नेछन् । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।