७ भाद्र २०८३, आईतवार
,
Latest
युद्धबिच इरानले ‘धेरै समस्या’ भोगिरहेको राष्ट्रपति पेजेस्कियानद्वारा स्वीकार राजेन्द्र विमलको साहित्यिक योगदानको स्मरण, ‘मैथिलीका सशक्त स्रष्टा’ भन्दै प्रशंसा अन्नपूर्णको विपद् प्रभावित राहत कोषमा तमुधिँको तीन लाख सहयोग पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरो प्रभावित बस्तीको निरीक्षण दुर्घटनामा एक जनाको मृत्यु पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरशः पालना हुन्छ, आफ्नो अस्तित्वमाथि प्रश्न उठ्न दिन्नँः लामिछाने चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला



अ+ अ-

कैलाली। कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता भएका युवकको आज शव फेला परेको छ ।

डडेल्धुराको अजयमेरु गाउँपालिका-३ ठेकीलाका रमेश पन्तको २२ वर्षीया छोरा खगराज पन्त घुम्नका लागि झरना आएका बेला शनिबार खसेर बेपत्ता भएका थिए ।

घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा झरनासहित आसपासका क्षेत्रमा खोजी सुरु गरेको थियो । खोजीका क्रममा आज झरनाबाट करिब ५०० मिटर तल पन्तको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पन्त हाल धनगढीस्थित डेनित इन्सच्युटमा कोरियान भाषा अध्ययनरत थिए । मृतकको शव परीक्षणको लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यसैबीच, पछिल्लो समय सामाजिक सन्जालमा भाइरल चिप्ले झरनामा पर्यटकको चहलपहल बढ्दै गएको छ । झरना क्षेत्रमा चिप्लो सतह र जोखिमयुक्त भौगोलिक अवस्था रहेकाले प्रहरीले पर्यटकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । रासस