७ भाद्र २०८३, आईतवार
,
Latest
बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा युद्धबिच इरानले ‘धेरै समस्या’ भोगिरहेको राष्ट्रपति पेजेस्कियानद्वारा स्वीकार राजेन्द्र विमलको साहित्यिक योगदानको स्मरण, ‘मैथिलीका सशक्त स्रष्टा’ भन्दै प्रशंसा अन्नपूर्णको विपद् प्रभावित राहत कोषमा तमुधिँको तीन लाख सहयोग पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरो प्रभावित बस्तीको निरीक्षण दुर्घटनामा एक जनाको मृत्यु पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरशः पालना हुन्छ, आफ्नो अस्तित्वमाथि प्रश्न उठ्न दिन्नँः लामिछाने चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा एक जनाको मृत्यु



अ+ अ-

उदयपु। उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति घाइते भएका छन् ।

मृत्यु हुनेमा साइकलयात्री त्रियुगा नगरपालिका–१० का ६० वर्षीय सन्तबहादुर राई रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिनुभयो ।

सूचना अधिकारी बमका अनुसार सगरमाथा राजमार्गमा गाईघाटबाट करमगाछीतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४ प ०७७५ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा साइकललाई ठक्कर दिएको थियो ।

घाइते साइकलयात्री राईलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक सिरहाको नरहा गाउँपालिका–३ घर भई हाल त्रियुगा नगरपालिका–१२ बस्ने १९ वर्षीय मोहवद सविर राईन घाइते भएका छन् । उनलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएको छ । रासस