७ भाद्र २०८३, आईतवार
,
Latest
पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरशः पालना हुन्छ, आफ्नो अस्तित्वमाथि प्रश्न उठ्न दिन्नँः लामिछाने चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ भारतका केएस भरतले काठमाडौँबाट एनपिएल खेल्ने जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल पार्टी कार्यकर्तालाई रविको निर्देशन–पुराना दलहरुसँग ३५ वर्षको हिसाव माग्ने काम बन्द गर्नू, अगामी ३५ वर्षको… जनसरोकारका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउन कार्यकर्ता सुसूचित हुनुपर्छः गगन थापा सरकार संसदप्रति उत्तरदायी भएन, बदलाको राजनीतिले सुशासन आउँदैनः निधी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने



अ+ अ-

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारका गतिविधिले मुलुकको लोकतन्त्र कमजोर नहोस् भन्ने कुरामा आफूहरू सचेत हुनुपर्ने बताएका छन् ।

आइतबार राजधानी काठमाडौँमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफ्नो क्रियाकलापका कारण मुलुकको लोकतन्त्र कमजोर हुन नदिन अत्यन्त जिम्मेवार बन्न आम नेता कार्यकर्तालाई आग्रह समेत गरे ।

उनले आज विभिन्न संस्थाहरू डराएको उल्लेख गर्दै संस्थाहरू भत्किँदै गए लोकतन्त्र समेत संकटमा पर्ने बताए । सभापति लामिछानेले लोकतन्त्र एकै पटक ध्वस्त हुने सानो घर नभएको समेत टिप्पणी गरे । शहीदहरूको बलिदान र राजनीतिक दलहरूको संघर्षबाट प्राप्त लोकतन्त्र निकै बलियो रहेको समेत बताए ।

उनले भने, ‘जानेर वा नजानेर हामीले गरेका क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस् । यो हाम्रो पहिलो जिम्मेवारी हो । आज विभिन्न संस्थाहरू डराएका छन् । संस्थाहरू भत्किए भने लोकतन्त्र भत्किन्छ । एकै पटक गर्ल्यामगुर्लम जाने घर होइन लोकतन्त्र । हिजोका शहीदहरूले बलिदानी दिएका छन् । राजनीतिक दलहरूले जेलनेल भोगेर बलियो बनाएका छन् । बेल्कुल बलियो छ लोकतन्त्र । यो कमजोर छैन । कमजोर हुँदो हो त धेरै अगाडि ढलिसक्थ्यो । उनीहरूले भन्न सक्छन् हामीलाई, हामीले कति बलियो बनाएर तिमीहरूलाई दिएका थियौँ । सुशासनको कुरामा पो हामी चुकेका थियौँ, राजनीतिक कुरामा त हामी बलियो थियौँ, किन कमजोर बनायौ लोकतन्त्र ? भनेर सोधे भने हामीसँग जवाफ हुने छैन । हामी त्यो मोडमा जाने वाला छैनौँ । हामी हाम्रो इतिहास त्यसरी लेख्ने पुस्ता होइनौँ । त्यसकारण हामीले अत्यन्त जिम्मेवार भएर काम गर्नुपर्नेछ ।’

उनले पुराना राजनीतिक दलहरूले लोकतन्त्रलाई मजबुत बनाएर आफूहरूलाई जिम्मा लगाएको भन्दै लोकतन्त्र कमजोर बनाएको इतिहास लेखाउने मार्गमा नजान जिम्मेवार भएर काम गर्नुपर्ने बताए।–न्युज एजेन्सी नेपाल