७ भाद्र २०८३, आईतवार
,
Latest
रेड नोटिसमा रहेका बलात्कार आरोपी ओमानबाट पक्राउ, नेपाल ल्याइयो प्रधानमन्त्रीको भ्रमणले मुस्ताङवासी उत्साहित मध्यस्थता प्रक्रियालाई सक्रिय बनाउन पाकिस्तानी सेना प्रमुख इरान भ्रमणमा युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा युद्धबिच इरानले ‘धेरै समस्या’ भोगिरहेको राष्ट्रपति पेजेस्कियानद्वारा स्वीकार राजेन्द्र विमलको साहित्यिक योगदानको स्मरण, ‘मैथिलीका सशक्त स्रष्टा’ भन्दै प्रशंसा अन्नपूर्णको विपद् प्रभावित राहत कोषमा तमुधिँको तीन लाख सहयोग पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरो प्रभावित बस्तीको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्धबिच इरानले ‘धेरै समस्या’ भोगिरहेको राष्ट्रपति पेजेस्कियानद्वारा स्वीकार



अ+ अ-

तेहरान। युद्धबिच इरानी नागरिक अहिले ‘धेरै समस्या’ सँग जुधिरहेका इरानी राष्ट्रपति मसूद पेजेस्कियानले आइतबार स्वीकार गर्नुभएको छ ।

अमेरिकाले नयाँ प्रतिबन्धको श्रृङ्खला ल्याएर इरानको अर्थतन्त्रलाई थप सङ्कटग्रस्त बनाउन खोजेपछि उहाँको यो भनाइ सार्वजसनक भएको हो ।

“म बुझ्छु कि अहिले समाजमा धेरै समस्या छन् । हामी सकेसम्म यी समस्या रोक्न प्रयास गरिरहेका छौँ,” पेजस्कियानले राष्ट्रिय टेलिभिजनमा प्रसारित एक भिडियो सम्बोधनमा भन्नुभयो ।

उहाँको यो टिप्पणी अमेरिकाले गत हप्ता इरानी शासनलाई ‘पतन’ तर्फ धकेल्ने लक्ष्यसहित नयाँ प्रतिबन्ध अभियान घोषणा गरेपछि आएको हो । दुई देशबिच युद्ध सुरु भएको करिब छ महिना बितिसकेको छ ।

उहाँले भन्नुभयो, “अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण इरानले अहिले ‘पूर्ण आर्थिक, सैन्य र सुरक्षा युद्ध’ को सामना गरिरहेको छ । “ट्रम्प प्रशासनले इरानमाथि सबैभन्दा कडा र डर लाग्दो प्रतिबन्ध लगाइरहेको छ,” पेजेस्कियानले भन्नुभयो । इरानी सरकारले पछिल्ला वर्षमा धेरै पटक ठूला जनप्रदर्शनको सामना गर्नुपरेको छ ।

यी प्रदर्शन प्रायः आर्थिक कठिनाइ मुद्रास्फीति र विनिमय दरको उतार चढावले क्रयशक्ति घटेका कारणबाट सुरु हुने गर्छन् । गत डिसेम्बरको अन्त्यतिर जीवनयापनको खर्च बढेपछि सुरु भएको विरोध प्रदर्शनले सत्ताविरुद्ध ठूलो दवाव दिएको थियो । हजारौँ प्रदर्शनकारीसहित सयौँ अधिकारीको पनि उक्त आन्दोलनका क्रममा मृत्यु भएको थियो ।

अधिकारिहरूले उक्त हिंसामा तीन हजारभन्दा बढी मानिसको मृत्यु भएको बताएका थिए र अमेरिका तथा इजरायललाई हिंसा उक्साएको आरोप लगाएका थिए । तर विदेशस्थित इरानी गैरसरकारी संस्थाले भने अधिकारीहरूले निर्दयी दमन गरेर हजारौँ मानिसको ज्यान लिएको दाबी गरेका थिए ।

हामी दिलदेखि प्रयास गरिरहेका छौँ कि मुद्रास्फीति, जीवनयापनका समस्या, बेरोजगारी जस्ता कुरालाई जित्न सकियोस् र जनताको भविष्य सुरक्षित होस्, ताकि उनीहरू सम्मान र गर्वका साथ बाँच्न सकून्,” पेजेस्कियानले आइतबार भन्नुभयो ।रासस/एएफपी