२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेबनानविरुद्ध रोमाञ्चक जित निकाल्दै नेपाल फाइनलमा



अ+ अ-

काठमाडौं । नेपाल पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

गएराती भएको सेमिफाइनलमा लेबनानलाई २-१ गोलले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो ।

इन्ज्युरी समयमा प्रिती राईले उत्कृष्ट गोल गरेसँगै नेपाल फाइनलमा पुग्यो ।

खेल १-१ को बराबरीमा रहेको अवस्थामा नेपालले इन्ज्युरी समयमा कर्नर किक पाएको थियो । विमला चौधरीको कर्नर किक क्लियर भएपछि बक्स बाहिरबाट प्रितीले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

त्यसअघि ७६औं मिनेटमा नेपालले सावित्रा भण्डारीको गोलबाट बराबरी गरेको थियो । प्रतियोगितामा साम्बाको‌ त्यो नवौं गोल हो । उनले खेलेका सबै ४ खेलमा गोल गर्न सफल भइन् ।

पहिलो हाफको ३८औं मिनेटमा नेपालले गोल खान पुगेको थियो । पूजा रानाले गोलकिपर एन्जिला सुब्बालाई दिएको ब्याकपासमा एन्जिला धेरै टाढा रहेपछि बल सिधै पोस्टमा गएको थियो ।

नेपालले अब उपाधिका लागि बिहीबार जोर्डनसङ्ग खेल्नेछ ।