१ असार २०८३, सोमबार
,
Latest
रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशलाई भेट्न किन पुगे प्रधानसेनापति सर्वोच्चमा



अ+ अ-

काठमाडौं ।  सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र प्रधानसेनापतिबिच भेटवार्ता भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालतमा पुगेका हुन् । 

अदालतमा भएको थापा र जबराबीच भएको भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन । सर्वोच्च अदालतमा प्रतिनिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापति थापाले शमशेरलाई भेट्नु अर्थपूर्ण मानिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले केही दिनमै फैसला दिने तयारी गरिरहेको समयमा प्रधानसेनापति थापाले आकस्मिक रुपमा प्रधानन्यायाधीशसँग भेटेका हुन्।

तर सर्वोच्च अदालत स्रोतले भने प्रधानन्यायाधीश राणा र प्रधानसेनापति थापाबीच भएको भेट जग्गाको विषयसँग सम्बन्धित रहेको जनाएको छ।

‘सर्वोच्च अदालतको नयाँ भवन सेनाको जग्गामा निर्माण हुँदैछ, सो जग्गा प्राप्ती र हस्तान्तरण सम्बन्धमा छलफल गर्न प्रधानन्यायाधीशले नै प्रधानसेनापतिलाई बोलाउनु भएको हो’, अदालत स्रोतले भन्यो।




भर्खरै