१२ श्रावण २०८३, मंगलवार
,
Latest
चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियाली सेनाले पश्चिमी क्षेत्रमा ७ वटा हतियारयुक्त ड्रोन खसाल्यो



representative image
अ+ अ-

एजेन्सी । सिरियाली सेनाले आइतबार हामा र इडलिब प्रान्तमा ७ वटा हतियारयुक्त ड्रोनहरू नष्ट गरेको रक्षा मन्त्रालयले जनाएको छ । आतङ्ककारीहरूद्वारा सञ्चालित ड्रोनहरू इडलिब र हामा दुवैका सैन्य स्थानहरूका साथै अन्य गाउँ र शहरहरू नष्ट गर्न पठाइएको बताइएको छ ।

उत्तरी सिरियाका विद्रोहीहरूले, विशेष गरी इडलिबको उत्तरपश्चिमी गभर्नोरेटमा हालै सरकारी नियन्त्रित क्षेत्रहरूमा ड्रोन आक्रमणलाई तीव्र पारेका छन् ।

यस किसिमको सबैभन्दा घातक घटना सन् २०२३ अक्टोबरमा भएको थियो । उक्त ड्रोन आक्रमणले होम्सको गभर्नरेटमा रहेको सैन्य एकेडेमीमा स्नातक कार्यक्रमको भइरहेका बेला आक्तमण गर्दा ८० जनाभन्दा बढी सैन्य कर्मचारी र सर्वसाधारणको मृत्यु भएको थियो ।