१२ श्रावण २०८३, मंगलवार
,
Latest
झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा लुटपाट चोरी र ठगी गर्ने व्यक्तिहरु पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा लुटपाट, चोरी तथा ठगी गर्ने विभिन्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आईतवार पत्रकार सम्मेलन गर्दै माघ २५ गते काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. १ झोरमा १ करोड ५२ लाख रुपैयाँ बराबरको धनमाल डकैत गर्न संलग्न ६ जना व्यक्तिहरुलाई पक्राउ गरेको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरले माघ २५ गते काठमाडौ जिल्ला टोखा नगरपालिका वडा नं. १ झोरमा रसुवा गोसाइकुण्ड गाउँपालिका वडा नं. १ बस्ने वर्ष २५ को कार्साङ लामा र सिन्धुपाल्चोक घर भएका कुसाङ लामाको साथबाट नगद २५ हजार रुपैयाँ, सुनको १८ तोला तौल भएको बुटिल ३ जोर, बहुमूल्य सिमला मुगा माला जडित सुनको घवा, आइफोन १२ र उनीहरुले चढिआएको ४२८३ नम्बरको मोटरसाइकल गरी अन्दाजी १ करोड ५२ लाख बराबरको धनमाल डाका गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको बताउनु भयो ।

पक्राउ पर्नेमा लुटपाटमा संलग्न सोनाम थापा र टाँसी तामाङ रहेका छन् । त्यस्तै लुटेर ल्याइएको सुन किन्नेहरु अनन्तराज घिमिरे, आमोल बालुफुके, देवासी सावन्त र कार्तिक पाइका रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद १९ लाख ५० हजार रुपैयाँ, सुन २९५.३ ग्राम सुन, ५ थान मोवाइल र ३ थान मोटरसाइकल बरामद गरिएको उहाँले बताउनु भयो ।

त्यसैगरी, फागुन ६ गते ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. १ इमाडोल बासुकी टोलस्थित मनिष डाँगीको घरमा ४५ लाख बराबरको धनमाल चोरी गर्ने ३ जना व्यक्तिलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनुप तामाङ, रविन तामाङ र राजन श्रेष्ठ रहेका छन् । उनीहरुको साथबाट नगद १ हजार ९९६ रुपैयाँ विभिन्न देशका नोटहरु ५१ थान र विभिन्न प्रकारका गरगहना पनि बरामद भएको छ ।

त्यस्तै डलर देखाइ ठगी गर्ने गिरोहका ३ जनालाई पनि पक्राउ गरिउको छ । पक्राउ पर्नेमा रामबहादुर तामाङ, विवि तामाङ र शंकर योगी रहेको प्रहरीले जनाएको छ ।