११ भाद्र २०८३, बिहीबार
,
Latest
एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको सरकारले संविधानको मूल मर्म र भावनामाथि प्रहार गर्यो : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विघटित प्रतिनिधि सभा पुनस्थापना हुने भएकोले ढुक्क भएर राजनैतिक गतिविधि सञ्चालन गर्न मजदूर संगठनलाई आग्रह गर्नुभएको छ ।

मंगलबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको ‘२० औं मजदूर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनैतिक गतिविधि बढाउन आग्रह गर्नुभएको हो । उहाँले सामाजिक न्याय सहितको नयाँ युगको लागि पुनस्थापित प्रतिनिधि सभाले काम गर्ने पनि बताउनुभयो । केपी ओलीको सरकारले संविधानको मूल मर्म र भावनामाथि प्रहार गरेको उल्लेख गर्दै त्यसको विरुद्धमा देशका सबै जनता खडा भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले केपी ओलीको सरकारले संविधानको मूल मर्म र भावनामाथि प्रहार गरेको छ र देशभरी जनता सबै आम रुपमा नै यो विघटन गलत छ भन्नेमा खडा भइनै सकेको छ । यसको साथसाथै देशका तमाम बुद्धिजीविहरु, साहित्यकार, कवि, कलाकार, पत्रकारहरु, संविधानविद्, कानूनविद्हरु सबै यो विघटनको विरुद्ध छन र मलाई विश्वास छ भोलि, पर्सि या निकपर्सिसम्म सर्वोच्च अदालतले यो संविधानमाथि गरिएको घातलाई सच्याउने छ र संसद पुनस्थापित हुनेछ । र हामी त्यहीबाट नयाँ कानून बनाउने, जनताको हक अधिकार स्थापीत गर्ने, मजदुर किसानका मौलिक अधिकार संविधानमा लेखिएको छ तर केपी ओली नेतृत्वको सरकारले लागू गरेको छैन । हामी त्यसलाई लागू गर्ने छौं र देशमा समाजवाद, समाजिक न्यायको नयाँ युगको सुरुवात हामी अगाडि बढाउने छौं ।’

अध्यक्ष प्रचण्डले अदालतमा बहस सिद्धिएपछि अहिले हेर्दाहेर्दैमा रहेको र कुनैपनि बेला संविधान र संसदलाई विघटन गर्ने असंवैधानिक र अलोकतान्त्रिक कदम सच्चिने र संसद पुनस्थापना हुने विश्वास समेत व्यक्त गर्नुभयो । संविधानमा कुनै अपुग भए त्यसलाई संशोधन गर्दै लैजान सकिने समेत बताउनुभयो ।